लागूऔषध प्रयाेगकर्ताकाे सुधारका लागि गृह र स्वास्थ्य मन्त्रालयकाे सहकार्यमा कार्यविधि बनाउने काम भइरहेको अधिकारीहरुकाे भनाइ
काठमाडौं । लागूऔषध प्रयाेगकर्ताकाे सुधारका लागि गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयकाे सहकार्यमा कार्यविधि बनाउने काम भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् । जति सक्दाे चाँडो कार्यविधि बनाएर देशभर कार्यान्वयनमा ल्याउने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बताए ।
काठमाडौंमा आयाेजित कार्यक्रममा बाेल्दै उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेले लागूऔषधको समस्या विकराल भएकाले नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउँदै गरेकाे बताए ।
लामिछानेले लागूऔषधको दुर्व्यसनीमा युवाहरूलाई फसाइदिई सकेपछि त्यो देशको दुर्गति सुरु हुने भन्दै सबै मिलेर यसको नियन्त्रणमा लाग्नुपर्ने बताए । उनले देशमा रोजगारी नपाएर विदेश गएका कतिपय युवाहरू लागूऔषधको दुर्व्यसनीमा फसेको बताए ।
लामिछानेले लागूऔषधको दुर्व्यसनी नियन्त्रणका लागि चलिरहेका अभियानहरूमा पनि कतिपयले इमानदारितापूर्वक काम नगरेको भन्दै गृह मन्त्रालय नरममा अति नरम र गरममा अति गरम हुने बताए ।
यता युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले लागुऔषध दुर्व्यसनीको विकराल अवस्थालाई रोक्न सबै एक हुनुपर्ने बताएका छन् । उनले लागुऔषध दुर्व्यसनी न्यूनीकरण र रोकथामका विषयहरूमा सरकार, राजनीतिक दल, सम्बन्धित संघ संसथा, समाज एक हुनुपर्ने बताए ।
त्यस्तै स्वास्थ्यमन्त्री यादवले जतिसक्दो छिटो कार्यविधि बनाएर सात प्रदेश र ७७ जिल्लामा लागु गर्ने बताए । मन्त्री यादवले लागूऔषध दुर्व्यसनीबाट आफ्ना नागरिकलाई बचाउन सरकार एकबद्ध भएर लाग्ने पनि बताए ।
उनका अनुसार पारिवारिक, आर्थिक र सास्कृतिक जस्ता बिबिध कारणले युवा पुस्ता लागूऔषध दुर्व्यसनीकाे कुलतमा फसेकाे बताए । उनले बताए अनुसार १४ सयलाइ दैनिक औषधी र २४ हजार जनालाई सेवा दिएको छ । तर, यतिले पुग्दैन ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस