नेताका नाममा बालेनले करोडौं पैसा बाँडेकै हुन् ?

नेताका नाममा खुलेका विभिन्न संस्था र प्रतिष्ठाका नाममा वितरण गरिएको पैसा संघ र प्रदेश सरकारमार्फत हस्तान्तरित कार्यक्रम हो


काठमाडौं । बालेन्द्र शाह (बालेन) नेतृत्वको काठमाडौं महानगरपालिकाले विभिन्न नेताको नाममा पैसा बाँडेको भनेर आलोचना भइरहेको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनलाई सिरानी हालेर बालेनले नै पैसा बाँडेको आरोप लगाएको देखिन्छ । तर, नेताका नाममा खुलेका विभिन्न संस्था र प्रतिष्ठाका नाममा वितरण गरिएको पैसा संघ र प्रदेश सरकारमार्फत हस्तान्तरित कार्यक्रम हो ।

स्वास्थ्य लाइभले कृष्ण कँडेलको इन्द्रणी सांस्कृतिक विकास केन्द्रलाई ७५ लाख दिएको तथ्य सार्वजनिक गरेको थियो । त्यस्तै विभिन्न नेताका नाममा खुलेका स्वास्थ्यलाई करोडौं पैसा दिएको पाइन्छ । संघ र प्रदेश सरकारले विभिन्न नेताका नाममा खुलेका प्रतिष्ठालाई पैसा दिने र त्यसलाई काठमाडौं महानगरपालिका जस्ता स्थानीय तहले कार्यान्वयन गर्दै आएका छन् । कांग्रेस र कम्युनिष्ट पार्टीका नेताका नाममा बाँडिएको पैसामा महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएपछि त्यस्तो विकृति रोक्न बालेन अग्रसर भएको देखिन्छ । तर, सुधार गर्न खोज्दा उनी चौतर्फी घेराबन्दीमा परेका छन् ।

महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको एकसाठ्ठीऔं प्रतिवेदनले प्रस्टै भनेको छ ,’काठमाडौं महानगरपालि, संघ र प्रदेशले १ सय जना विशिष्ट व्यक्तिहरूका नाममा स्थापित प्रतिष्ठान, फाउण्डेशन तथा अन्य संघसंस्थालाई अनुदान वितरण गरेको छ । संघ र प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम समेत महानगरपालिकाको थाप्लोमा आइपरेको देखिन्छ । संघ र प्रदेशले जथाभावी अनुदान बाँड्दा महानगरपालिका जवाफदेही हुनुपर्ने अवस्था आएको देखिन्छ ।

संघीय तथा प्रदेश सरकार तथा पालिकाको सीमित आर्थिक स्रोतबाट विभिन्न व्यक्तिका नाममा खुलेका फाउण्डेसन/प्रतिष्ठान तथा संघसंस्थालाई अनुदान उपलब्ध गराउनुको आवश्यक र औचित्य पुष्टि गर्नु पर्ने देखिएको महालेखापरीक्षकको कार्यालयले भनेको छ ।

महालेखा परीक्षक स्रोतका अनुसार त्यो बजेट भनेको संघबाट स्थानीय तहमा पठाइएको ससर्त अनुदान, सामाजिक सुरक्षा भत्ता तथा शिक्षकको तलब जस्तै पैसा हो । जुन संघले स्थानीय तहमा पठाइदिन्छ । त्यस्तै पैसा काठमाडौं महानगरपालिका हुँदै विभिन्न नेताको नाममा खुलेका संस्थामा पुगेको हो । महालेखाले नै बदमासी औंल्याएपछि बालेनले त्यस्तो विकृति रोक्न खोजेको देखिन्छ ।

 

क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ