छैटौ एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने
काठमाडौं । आगामी मंसिर १२- देखि १५ मंसिर छैटौ एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ । त्रिभूवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभाग र एशियाली जनसंख्या संघकाे आयोजनामा सम्मेलन हुन गइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनसंख्या सम्बन्धी कार्यको जिम्मेवार निकाय भएको र उक्त सम्मेलन नेपालको हित र प्रतिष्ठासँग जोडिएकोले सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न एक समिति गठन गरिएको छ ।
सरकारी एवं गैरसरकारी सरोकारवाला निकायहरुसँग उनिहरुकाे अपनत्व हुने गरी सहकार्य तथा समन्वय गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवकाे संयाेजकत्वमा राष्ट्रिय सल्लाहकार समिति गठन गरिएको छ ।
संयोजक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सदस्य : सहसचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सदस्य : सहसचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
सदस्य : सहसचिव, गृह मन्त्रालय
सदस्य : सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्राल
सदस्य : सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सदस्य : सहसचिव, अर्थ मन्त्रालय
सदस्य : प्रमुख, जनसंख्या अध्ययन केन्द्रीय विभाग, त्रि.वि.
सदस्य : उपप्रमुख तथ्याङ्क अधिकारी, राष्ट्रिय तथ्याङ्क कार्यालय
सदस्य : सहसचिव, जनसंख्या व्यवस्थापन महाशाखा, स्वा. तथा जनसंख्या मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस