स्वास्थ्य मन्त्रालयमा को कति वर्ष देखि एकै ठाउँमा छन् 


काठमाडौं ।  नियम अनुसार एक पटक सरुवा गरिएको कर्मचारीले दुई वर्ष सम्म सोही जिम्मेवारीमा काम गर्नुपर्छ । दुई वर्ष एकै ठाउँमा बसेर जनताको सेवा गरेका कर्मचारीलाई सम्बन्धित मन्त्री वा मन्त्रिपरिषद्ले अर्को जिम्मेवारीमा पठाउँन सक्छन् । तर, नेपालको राजनीति अस्थिर बन्दा कुनै पनि बेला कर्मचारीको सरुवा हुने गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक हप्तामा पनि कर्मचारी सरुवा भएका उदाहरणहरू छन् । तर, नियम भन्दा धेरै बसेका कर्मचारीहरू स्वास्थ्यमा नभएका भने हैनन् । स्वास्थ्य लाइभलाई जसले जति समय बसेपनि केही मतलब छैन । तर, नेतृत्वमा बस्ने र आम नागरिकले को कति एक ठाउँमा बसेर जनताको सेवामा तल्लिन छन् भन्ने हेक्का हुनुपर्छ भन्ने हो । 

किताब खानाबाट पाएको विवरण अनुसार स्वास्थ्य मन्त्रालयमा एकै शाखामा ६ वर्ष ७ महिना बसेका कर्मचारीहरू छन् । यति लामो समय सम्म एकै ठाउँमा जरा गाडेर बस्दा आर्थिक चलखेल ब्यापक हुने गरेको छ । अधिकारीहरू भन्छन् दुई वर्ष भन्दा बढी एउटै शाखामा कर्मचारी बस्न दिनु राम्रो हैन । एक कार्यकाल योजना बनाउने र अर्को कार्यकाल त्यसलाई कार्यान्वयन गरेपछि कर्मचारीको सरुवा हुनुपर्छ । तर, स्वास्थ्यमा मन्त्री र सचिव खुसी बनाएर वर्षौ सम्म एउटै शाखामा बस्न पाउने भाग्यमानी कर्मचारीहरू पनि छन् । 

अनुगमन तथा मूल्यांकन महाशाखाका मनोज ताम्राकार विगत ६ वर्ष ७ महिना देखि एउटै शाखामा कार्यरत रहेका छन् । अनुगमन तथा मूल्यांकन महाशाखाका रविकान्त मिश्र ५ वर्ष १० महिना देखि एकै ठाउँमा छन् । यता सुनालक्ष्मी कर्माचार्य पनि ५ वर्ष १० महिना देखि लैङ्गिक समानता शाखामा कार्यरत छन् । 

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्याय ३ वर्ष १ महिना देखि निरन्तर त्यही महाशाखामा कार्यरत छन् । नीति योजना तथा  अनुगमन शाखामा कार्यरत डा कृष्ण प्रसाद पौडेल २ वर्ष ४ महिना देखि कार्यरत छन् ।
यता हालै ११ तहमा नाम निकाल्न सफल भीम प्रसाद सापकोटा ३ वर्ष ९ महिना देखि समन्वय महाशाखा (कामकाज) मा छन् । त्यस्तै चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखामा कार्यरत शकुन्तला प्रजापति पनि ३ वर्ष ९ महिना देखि कार्यरत छन् । 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ