आजैको मन्त्रिपरिषद् बैठकले मुख्यसचिव बनाउन सक्छ

काठमाडौं । मन्त्रिपरिषद्को बैठक ४ बजेका लागि बोलाइएको छ । मुख्यसचिव बनाउने उद्देश्यले उक्त बैठक बोलाइएको हो ।
मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई भ्रष्टाचार मुद्दा लागेपछि मुख्यसचिव पद निमित्तको भरमा छाडिएको छ । नयाँ मुख्यसचिव बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि चर्को दबाब छ । त्यसैले आजको मन्त्रिपरिषद् बैठकमा मुख्य सचिव बढुवाको एजेण्डा प्रवेश गर्ने सम्भावना छ ।
मुख्यसचिवका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस