बालकोटमा मन्त्रीहरू नबोलाएको ओली सचिवालयको स्पष्टोक्ति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा मन्त्रीहरू नबोलाएको ओलीको सचिवालयको स्पष्टोक्ति छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको भन्दै उक्त कुरालाई ओलीको सचिवालयले खण्डन गरेको छ ।
‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ। तर मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनु भएको खबर सत्य नभएको जानकारी गराइन्छ।’, ओलीको सचिवालयले भनेको छ ।
विभिन्न सञ्चार माध्यममा ओलीले मन्त्रीहरूलाई बालकोट बोलाएको खबर सार्वजनिक गरेपछि सचिवालय बोलेको हो । ओलीका विभिन्न गतिविधि जानकारी गराउने फेसबुक पेज बालकोट मार्फत ओलीले मन्त्रीहरूलाई बालकोट नबोलाएको स्पष्ट पारेको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस