शिक्षामन्त्री श्रेष्ठमाथि दोहोरो नागरिकता प्रयोगको आरोप


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि दोहोरो नागरिकता प्रयोगको आरोप लागेको छ । उनीसँग नेपाली र युरोपियन मुलुकको दोहोरो नागरिकता रहेको आरोप लागेको हो ।

नेपालको बैंकमा खाता खोल्दा दोहोरो परिचयपत्र पेस गरेको भन्दै शिक्षामन्त्री श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत  उजुरी परेको छ । रक्षासचिव किरणराज शर्माको अमेरिकाको पिआर काण्ड सेलाउन नपाउँदै शिक्षामन्त्री श्रेष्ठको दोहोरो नागरिकता प्रयोगले माहोल तताउँन लागेको हो । उक्त विषयले अख्तियारमा समेत प्रवेश पाएको देखिन्छ ।

शिक्षामन्त्री श्रेष्ठले नागरिकता दुरुपयोग गरेको विषयमा सतहमा आएको छ । यहीं कुरा थाहा पाएर हुनुपर्छ एमाले अध्यक्ष एवं हुनेवाला प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री श्रेष्ठप्रति लक्षित गर्दै विदेशीसँग विवाह गरेर नेपाल घुम्न आएको बेलामा मन्त्री बनेको भन्ने अभिव्यक्ति दिएका थिए। त्यसपछि उनीबारे विभिन्न शंका आशंका गरिएको थियो ।

ओली अभिव्यक्तिप्रति तत्काल कुनै प्रतिक्रिया नदिइएकी शिक्षामन्त्री श्रेष्ठले चौतर्फी कुरा उठेपछि मात्र सामाजिक सञ्जालमार्फत् प्रतिवाद गरेकी थिइन्। विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहालिन्छ भनेर उनले प्रतिप्रश्न समेत गरेकी थिइन् ।अमेरिकाको नागरिकता बोकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्री र सांसद पद एकैपटक गुमाएका थिए । विदेशी पिआर, ग्रीनकार्डका विषयमा अख्तियारले कठोर नीति अपनाउन थालेको छ ।

शिक्षामन्त्री श्रेष्ठले विदेशी नागरिकसँग बिबाह गरेकी हुन् । राजनीति र सार्वजनिक नियुक्तिमा विदेशी नागरिकता, पिआर लिएकालाई नियुक्ति नदिन अख्तियारले सरकारलाई निर्देशन समेत दिएको छ । यसैबीच शिक्षामन्त्री श्रेष्ठले दोहोरो नागरिकता प्रयोग गरेको विवाद बाहिर आएको हो । यो विषयमा अब बन्ने केपी शर्मा ओली नेतृत्वको सरकारले छानबिन गर्छ कि गर्दैन हेर्न बाँकी छ ।

क्याटेगोरी : समाचार
ट्याग : #विदेशी नागरिक, #शिक्षामन्त्री सुमना श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ