ललितपुरका मेयर चिरिबाबु महर्जन बुधवार १० बजे रातो घरमा उपस्थित हुनुपर्ने


काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जन असार २६ गते बुधवार बिहान १० बजे टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलको कार्यालयमा उपस्थित हुनुपर्ने भएको छ । रातो घरका नामले प्रख्यात अख्तियारले उनलाई बुधवार बयानका लागि बोलाएको हो ।

कतिपयले भने अख्तियार आयुक्त सुमित्रा अमात्यको कम्पाउण्डमा डोजर लगाएकोले मेेयर महर्जनमाथि प्रतिशोध साधेको भन्दै अख्तियारको आलोचना गरेका छन् ।

२०७७ सालमा आएको बाढी/पहिरोबाट धापाखेल २४ का बाढी पीडितलाई नगर कार्यपालिकाको निर्णयविपरीत मेयर महर्जनले एकलौटी ढङ्गले १ लाख ५० हजार र २ लाख ५० हजार बाँडेर महानगरपालिकालाई हानी हुने काम गरेको विषयमा बुझ्न उनलाई अख्तियारले बोलाएको हो । सक्कल नागरिकता र एकप्रति पासपोर्ट साइजको फोटोसहित आउन अख्तियारले भनेको छ ।

मेयर महर्जनले महानगरपालिकाको स्रोत हानी पुऱ्याएको भएपनि आयुक्तको घरमा डोजर लागेकै दिन पत्र काट्नुले कतै अख्तियार प्रतिशोतमा त उत्रिएको होइन भन्ने आशंका पैदा भएको छ । भ्रष्टाचार गर्नेलाई कारबाहीको दायरामा ल्याउने अख्तियारको अधिकार र दायित्व हो । तर, समय गलत परेको देखिन्छ । अख्तियारले ढङ्ग नपुऱ्याउँदा संस्थाको आलोचना हुने अवस्थामा आएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ