स्वास्थ्यमन्त्री प्रदिप यादवले राजीनामा दिए
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
स्वास्थ्यमन्त्री यादवको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उनले राजीनामा दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री यादवले नेपालको संविधानको धारा ७७ को उपधारा २(क) बमोजिम राजीनामा दिएका छन् । गत बैशाख ३१ गते स्वास्थ्यमन्त्रीमा नियुक्त भएका यादव डेढ महिनामै सरकारबाट बाहिरिएका छन् ।
उपेन्द्र यादव नेतृत्वको पार्टी फुटाएर स्वास्थ्यमन्त्री बनेका यादव आगामी केपी शर्मा ओली नेतृत्वको सरकारमा पुनः मन्त्री बनेर आउने सम्भावना जीवितै छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस