कोरिया भ्रमण मनोनयनमा पक्षपात, सच्याउँला मन्त्रालयले?
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारीको कोरिया मनोनयनमा पक्षपात गरेको पाइएको छ। तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले एक पक्षीय हिसाबले मनोनयन गरेको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको १४ जना मनोनयनमा आधिकांश एउटै समुदाय र एकै क्षेत्रका छन् । रात दिन नागरिकको सेवामा खटिएका कर्मचारीहरूमा भने यस्तो विदेश मनोनयनले गम्भिर चोट परेको छ ।
स्वास्थ्य लाइभले पाएको सूची अनुसार १४ जना मनोनयन भएका मध्ये ७ जना मधेशीमूलका रहेका छन् । अन्य पनि आधिकांश मधेशका छन् । जुन भूगोलबाट मन्त्री बन्यो त्यही भूगोलकालाई मात्रै अवसर दिने परिपाटीको विकास भएमा यसले दुर्घटना निम्त्याउने छ ।
आगामी अगस्ट २५ देखि सेप्टेम्बर ७, २०२४ सम्म दक्षिण कोरियामा सञ्चालन हुने स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा सहभागी हुनका लागि असार ५ गते सचिवस्तरीय निर्णय गर्दै १४ जना र वैकल्पिक ४ गरी १८ जनाको नाम मनोनयन गरेको पाइएको हो । मन्त्रालयले यसरी एकै समुदाय र क्षेत्रका मान्छे मनोनयन गरेको सम्भवत पहिलो पटक हो ।
पत्र अनुसार मनोनयनमा पर्नेहरू पर्सा, बारा, सर्लाही, रौतहट, सप्तरी, महोत्तरी, वीरगञ्जका धेरै छन् । तीन जना स्वास्थ्य बीमा बोर्डका कर्मचारी र तीन जना मन्त्रालयका कर्मचारी छन् । अन्य विभिन्न संस्थामा आवद्ध कर्मचारी रहेका छन् । जाने समय अझै पर भएकाले यस्तो पक्षपाती मनोनयन तुरुन्त सच्याउनु पर्छ । आशा छ दुई सचिव भएको मन्त्रालयमा भएका यस्ता गल्ति बाहिर आएपछि सच्चिने छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस