मलेनिकाका सिण्डिकेटधारी डन कर्मचारी, यिनैको चल्छ मनपरी


काठमाडौं । महालेखा नियन्त्रक कार्यालयमा तीनजना कर्मचारीको सिण्डिकेट रहेको छ । अनामनगरको किम्ची रेष्टुरेन्टमा बसेर कसलाई बनाउने र कसलाई सिध्याउने भनेर उनीहरूले प्लान बनाउने गरेका छन् । त्यसरी प्लान बनाउने गिरोहका सरदार मलेनिकाको कर्मचारी हुँदै सडक विभाग पुगेका लेखा उपसचिव रविन कोइराला, अर्थ मन्त्रालयमा कार्यरत लेखा उपसचिव ज्ञानेन्द्रराज ओझा र मलेनिकाका स्टोर किपर हेमचन्द्र कार्की रहेका छन् ।

मलेनिकामा गाडीदेखि साडीसम्मका स्रोत साधनको चरम दुरुपयोग गरेका स्टोरकिपर कार्की, सडकका कोइराला र अर्थका ओझा तीनै जना ‘आपराधिक मानसिकताका’ कर्मचारी हुन् । आफूहरुको लुटतन्त्रको पक्षमा लाग्ने कर्मचारीलाई महत्त्वपूर्ण जिम्मेवारी दिने र उक्त लुटतन्त्रको विरोध गर्ने कर्मचारीलाई भित्तामा पुऱ्याउने उक्त गिरोहको कार्यनीति रहेको पाइन्छ ।

अदालतको डिठ्ठाबाट जागिर सुरु गरेका रविन कोइराला लेखाको अधिकृत भएपछि पशु सेवा विभाग, अख्तियार जस्ता निकाय बसे । उपसचिव भएपछि इलाम कोलेनिका, रानी जमरा सिँचाई, आयोजना कार्यान्वयन निर्देशनालय, मलेनिकाको कर्मचारी प्रशासन शाखा हुँदै सडक विभाग पुगेका छन् । मलेनिकाको कर्मचारी प्रशासन शाखाको प्रमुख हुँदा सरुवामा राम्रै माल उठाएको आरोप लागेका कोइराला सडकमा पुगेपछि पुरानो मिति राखेर ठेक्काको म्याद थप्ने र आर्थिक लाभ लिने कार्यमा सक्रिय रहेको सुन्नमा आएको छ ।

मलेनिकामा हुँदा स्टोर किपर हेमचन्द्र कार्कीसँग मिलेर राईँदाईं गरेका कोइराला सडकमा पुगेर उहीँ धन्दा जारी राखेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनमा अनुसन्धान सुरु गरेपछि बाबुको समेत बढी पेन्सन लेखाउन लगाएर र अन्यबाट समेत कागजात मिलाउन सक्रिय कोइराला किम्चीमा बसेर अझै अरुलाई ठेगान लगाउँछु भन्दै हिँड्ने गरेकाे सुन्नमा आउँछ ।

लेखा अधिकृत हुँदा झापा सिंचाई, तनहुँ सडक र उपसचिव भएपछि झापा कोलेनिका, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (CLPIU) हुँदै अर्थ मन्त्रालय पुगेका ज्ञानेन्द्रराज ओझा पनि हेमचन्द्र कार्कीको संरक्षक रहेको चर्चा छ । ज्ञानेन्द्रले नै उक्त गिरोहलाई परिचालन र संरक्षण गर्ने गरेको आरोप लाग्दै आएको छ ।

राष्ट्रिय बीमा कम्पनीको ६ महिने सिईओबन्दा ज्ञानेन्द्रले अनेक धन्दा चलाए । उनी नेपाल पुनर्बीमा कम्पनी जे बि बोडे बीमा तथा पुनः बीमा ब्रोकर प्रा.लि. र मुम्बई भारतको संयुक्त आयोजना तथा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सहयोगमा नेपालका सम्पूर्ण निर्जिवन बीमा कम्पनी प्रमुख कार्यकारी अधिकृतहरुलाई हवाइ टिकट खाना बस्न सुविधा सहित माल्दिभ्समा लगेको थियो । उक्त कार्यक्रममा सहभागी भएर नेपाल फर्किएपछि सिइओ ज्ञानेन्द्रले पाँच दिनको डिए नियमविपरीत लिएको प्रमाण तथ्य सार्वजनिक भएको थियो । उनले निर्वाचनमा खटिने कर्मचारीलाई बीमा गराएर राम्रै माल हानेको चर्चा छ । लेखाका डन उपसचिव ज्ञानेन्द्र आफूलाई कसैले छुन नसक्ने भन्दै डन पाराले हिँड्ने गरेका छन् । हो पनि ती डन उपसचिव ज्ञानेन्द्रलाई अहिलेसम्म कसैले छुन् सकेको छैन ।

हेमचन्द्र अख्तियार, त्रिभुवन विमानस्थल भन्सार कार्यालय जस्ता कार्यालय हुँदै मलेनिकाको स्टोर किपरमा ४ वर्ष बढीदेखि बस्दै आएका छन् । उनले गाडीलगायतका मलेनिकाका स्रोत साधन चरम दुरुपयोग गर्दै आएका छन् । हाकिमलाई खुसी पार्न जे पनि गर्न तयार उनी दसैँमा गाडी पूजा गर्ने नाममा ५/७ वटा खसी ढालेर मस्ती मार्दै आएका छन् । कर्मचारी नेताहरुलाई खुसी पारेर उनी आफूलाई निकै शक्तिशाली व्यक्तिका रूपमा प्रस्तुत गर्छन् । उनले मालदार अड्डाबाट लेखापालहरु मार्फत पैसा असुली धन्दा गर्ने गर्दै आएका छन् । सरुवामा पनि उनले माल हान्ने गरेको चर्चा छ । हेर्दा भलाद्मी देखिने र भलाद्मीपन देखाउने हेमचन्द्र व्यवहारमा एकदमै खुरापाती व्यक्ति हुन् । उनको खुरापातले धेरैलाई सिध्याएको छ । हरि मैनाली त लेखापाल कार्कीले चलाएका सचिवका रूपमा परिचित छन् । यहीँ टिमले यम ढुंगानालाई पेलेर ऊर्जा मन्त्रालयबाट राजस्व अनुसन्धान विभाग पुगेको छ । रामेछाप कोलिनकामा बसेका वरिष्ठ उपसचिवलाई सञ्चार मन्त्रालय फ्यालेको छ । यो सब काम रविन, हेमचन्द्र र ज्ञानेन्द्रको डिजाइनमा भएको हो ।

ज्ञानेन्द्र र रविनले निरज केसी, दिनेश रेग्मी, मुनकुमार केसी,प्रकाश पुडासैनी भुवन काफ्लेलगायतका लेखा उपसचिवलाई च्यापेर अरुलाई ठेगान लगाउने गरेको व्यापक चर्चा छ । यो समूहले साथी सर्कलबीचमा मात्र आकर्षक भनाउँदा आयोजना बाँडफाँड गर्ने र कमाउ धन्दामा सक्रिय रहने गरेको आरोप छ । यी सिण्डिकेटधारीको दादागिरीविरुद्ध कसैले पनि मुख खोल्न सकेको छैन ।

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ