प्रचण्डले जाँदाजाँदै मुख्यसचिव र टेलिकमको एमडी नियुक्ति गर्लान् ?


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । सत्ता साझेदार दल नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबार विश्वासको मत लिन लागेका हुन् ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्री प्रचण्डको सरकार शुक्रबार नै ढल्ने निश्चित छ ।

शुक्रबार ढल्न लागेको प्रचण्ड नेतृत्वको सरकारले बिहीबार ४ बजे मन्त्रिपरिषद्को बैठक डाकेको छ । उक्त बैठकले मुख्यसचिवमा बढुवादेखि नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्ति गर्ने तयारी थालेको छ । मुख्यसचिव हुन रामकृष्ण सुवेदी जोडबल गरिरहेका छन् । उनले नेपाल टेलिकमको एमडी अनिलकुमार झालाई बनाएर आफू मुख्यसचिव बन्न लागेको चर्चा छ ।

निमित्त मुख्यसचिव लीलादेवी गड्तौलाले निर्णय प्रमाणित गर्न नमाने मन्त्रिपरिषद्को निर्णय त्यसै ढुस हुन्छ । तर, प्रचण्डको अन्तिम क्याबिनेटले  जाँदाजाँदै केही महत्त्वपूर्ण निर्णय गर्ने कसरत गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ