स्वास्थ्य मन्त्री काे ? प्रदीप, दीपक वा तेजुलाल !


काठमाडौँ । विगतमा जस्तै यस पटक पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राजनीतिक पार्टीहरुहरुको पहिलो रोजाइको विषय भनेको छैन । मुख्यगरी काङ्ग्रेस र एमालेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पहिलो रोजाइमा राखेका छैनन् ।

पुष्पकमल दाहालको बहिर्गमन पछि आज एमालेका तर्फबाट खड्ग प्रसाद ओली प्रधानमन्त्री बन्दैछन् । ओलीसँगै अर्थ मन्त्रीमा विष्णु पौडेल सहभागी हुने बुझिएको छ । त्यस्तै सञ्चारमा योगेश भट्टराईको नाम आएको छ ।

काङ्ग्रेसका तर्फबाट प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने देखिएको छ । सिंह सम्भवत भौतिक तथा यातायात मन्त्रालय वा सहरी विकास मन्त्रालय सम्हाल्ने बुझिएको छ । रमेश लेखक गृह मन्त्री हुने निश्चित जस्तै छ । त्यस्तै आरजु देउवा परराष्ट्रमन्त्री हुने निश्चित जस्तै छ ।

यता प्रदेश नम्बर एक बाट दीपक खड्का मन्त्री हुदैछन् । उनलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा जान भनिएको छ । तर, उनको रोजाइ भने उर्जा मन्त्रालय रहेको छ । उनले उर्जा मन्त्रालय मागेका छन् । प्रदीप पौडेलको पनि मन्त्री बन्ने नाम आएको छ । तर, अर्जुन नरसिंह केसी पनि मन्त्री बन्ने भएकाले उनको नाम सुस्त हुन थालेका अधिकारीहरूले बताएका छन् ।

उच्च तहका नेताहरूले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा चासो नदेखाए पछि काङ्ग्रेसले तेजुलाल चौधरीको पनि नाम स्वास्थ्यमा अगाडि सारेको छ । तर, धेरै पार्टीहरूलाई मिलाएर सरकारमा लैजानु पर्ने बाध्यताका कारण मन्त्रालयको अन्तिम भागबन्डा भने भइसकेको छैन ।

यता तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप यादव पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आउँन चासो देखाएका छन् । ५३ दिन काम गरेका उनले केही सुधारका कामहरू अगाडि बढाउन थालेका थिए । सोही सिलसिलामा सरकारबाट बाहिरिनु परेपछि उनले त्यसलाई अगाडि बढाउन पनि सोही मन्त्रालय आउन चाहेको बुझिएको छ ।

जे होस् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्यको अनुपातमा बढी प्राविधिक भएकाले पनि राजनीतिक गर्ने नेताहरूका लागि बोल्न सहज छैन । मनगडन्ते भाषणले नहुने यस मन्त्रालयमा विषय वस्तुको अज्ञानताले असफल हुने डरका कारण सकभर स्वास्थ्यमा जान नपाए हुन्थ्यो भन्ने नेताहरूले सोच्ने गरेका छन् । कुनै मन्त्रालय नपाएको अवस्थामा भने स्वास्थ्य तथा जनसङ्ख्या पनि लिने गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ