स्वास्थ्यमन्त्री तेजुलाल कि प्रदीप पौडेल ?


काठमाडौं । नेपाली कांग्रेसको भागमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जान सांसदहरुबीच तीव्र दौडधुप छ । उक्त मन्त्रालयमा सप्तरीका सांसद तेजुलाल चौधरीकाे दाबी छ । यता प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रदीप पौडेल पनि स्वास्थ्यमन्त्रीका लागि दौडधुपमा छन् । तर, उक्त मन्त्रालय पाउनका लागि तेजुलालले नरानदेखिको बल लगाएको कांग्रेस नेताहरु बताउँछन् । चाैधरीकाे सम्भावना पनि बलियो देखिएको छ ।

युवा तथा खेलकुदमन्त्री समेत भइसकेका चौधरी नाइटिङ्गेल स्कुलका सञ्चालक समेत हुन् । प्रदीप भने नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका व्यक्ति हुन् ।

प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ बजे समथ खाँदैछन् । ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसका तर्फबाट प्रकाशमान सिंहसहितका नेताहरु सहभागी हुनेछन् । प्रकाशमानले उपप्रधानसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ । त्यस्तै रमेश लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, दीपक खड्का ऊर्जा, एनबहादुर शाही वन र अजय चौरासियाले कानुन मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना छ ।

कांग्रेसबाट जीवन परियार, हृदयराम थानी, रामनाथ अधिकारीलगायतका सांसदहरु मन्त्री बन्ने दौडमा छन् ।

त्यस्तै नेकपा एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थ, पृथ्वीसुब्बा गुरूङ सञ्चार, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, मानवीर राई रक्षा, विद्या भट्टराई शिक्षा, दामोदर भण्डारी उद्योग, बलराम अधिकारी भूमि व्यवस्था र राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने गरी टुंगो  लागेको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ