यी हुन् केपी ओली नेतृत्वको सरकारका मन्त्रीहरू


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलो दिनमै पूर्णता पाएको छ । संविधानले २५ जनासम्मको मन्त्रिपरिषद्को परिकल्पना गरेको छ । ओली नेतृत्वको सरकारमा २१ वटै मन्त्रालयले मन्त्री पाएको हो । मन्त्रालयको हिसाबले सरकारले पूर्णता नै पाएको देखिन्छ ।

प्रधानमन्त्री ओलीले तीन जना राज्यमन्त्री बनाउन सक्छन् वा कुनै मन्त्रालय फुटाएर साना  दललाई सरकारमा सहभागी गराउन सक्ने ठाउँ भने बाँकी नै छ ।

ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री बनेका छन् । नेपाली कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल ओली नेतृत्वको सरकारको उपप्रधानमन्त्री हुन् । स्वास्थ्यमन्त्रीको जिम्मेवारी भने प्रदीप पौडेलले पाएका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरुको सपथ राष्ट्रपति निवास शितल निवासमा भइरहेको छ ।

यी छन् ओली नेतृत्वको सरकारका मन्त्रीहरू

प्रकाशमान सिंह – उपप्रधानमन्त्री एवं सहरी विकास

विष्णु पौडेल – उपप्रधानमन्त्री एवं अर्थ

पृथ्वीसुब्बा गुरुङ – तथा सूचना प्रविधि

रमेश लेखक – गृह

शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा

आरजु राणा- परराष्ट्र

प्रदीप यादव – खानेपानी

बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

दामोदार भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति

नवलकिशोर साह – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

देवेन्द्र दाहाल – पूर्वाधार तथा यातायात

तेजुलाल चौधरी – तथा खेलकुद

अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला

विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि

मानवीर राई – रक्षा

दीपक खड्का – ऊर्जा

राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

ऐनबहादुर शाही – वन तथा वातावरण

प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या

बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ