स्वास्थ्यमा नयाँ जोगी, पुरानै शैली


काठमाडौँ  धेरै नेपालीले भन्ने एउटा उखान छ, नयाँ जोगीले बढी खरानी घस्छन् । हो, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार त्यस्तै भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार सम्हाले पछि एउटा भाषण गरे । उनले एक महिनामा सरकारी अस्पतालको लाइन हटाउने बताए । यस्तो भाषण गर्ने मन्त्री कुनै सफल भएका छैनन् । हुँदैनन् पनि । यसले पनि पौडेलले स्वास्थ्य क्षेत्र नबुझेको स्पष्ट हुन्छ । 

मन्त्री पौडेलको भाषण पछि स्वास्थ्यकर्मीहरूले “नयाँ जोगीको पुरानै शैली” भन्न थालेका छन् । अस्पतालको अनुगमनमा जाने मन्त्री र सरकारी अस्पतालमा हुने भिड हटाउन समय तोक्ने मन्त्रीले सफलता हासिल गर्न सक्दैनन् । यो विगतका घटनाक्रमले पनि देखाएको छ । अधिकारीहरू भन्छन् मिडियामा स्टनबाजी गर्ने एउटा “फन्नी” फन्डा बाहेक अरु केही हैन । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मन्त्रीले यस्तो भाषण गर्दै गर्दा भिडियो एक्सरे, अल्ट्रासाउण्ड लगायतको रिर्पोट लिने र समय लिनेहरूको भिड अत्यास लाग्दो थियो । तर, यहाँ घण्टौँ देखि एक जना महिना कर्मचारीले मात्रै काम गरिरहेकी थिइन् । मन्त्री पौडेलले अरु केही नगरी वीर अस्पतालमा बिरामी जाने बित्तिकै चिकित्सक भेट्ने र शल्यक्रिया हुने परिपाटी मात्रै गरे स्वास्थ्य क्षेत्र पुरै सुधार हुन्छ । तर, उनले गरेको सुरुवाती यस्ता उडन्ते भाषणले स्वास्थ्य सुधार हुने देखिदैन । 

मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयमा दुई वर्ष भन्दा बढी बसेका कर्मचारीलाई तत्काल त्यहाँबाट बहिर्गमन गर्न जरुरी छ । काङ्ग्रेस सरकारमा आउँदा काङ्ग्रेस बन्ने, एमाले आउँदा एमाले बन्ने माओवादी आउँदा माओवादी भन्ने महाशाखा प्रमुख र शाखा प्रमुखको बहिर्गमन नगरे सम्म उनका यस्ता  स्वास्थ्य सुधार गर्ने भाषण पनि मित्थ्या हुने छ । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ