शङ्कर पोखरेलका विश्वासपात्र डा. विकासले १२ तह बन्न बचन दिएको अझै पूरा गरेनन्


काठमाडौँ । लुम्बिनी प्रदेशका स्वास्थ्य तत्कालीन स्वास्थ्य सचिव डा. विकास देवकोटाले प्रमुख विशेषज्ञ बन्नका लागि भालुबाङमा रहेको लालमटिया स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रस्ताव गरेका थिए ।

माओवादी नेतृ तथा तत्कालीन मन्त्री रेखा शर्मालाई खुसी बनाएर आफू प्रमुख विशेषज्ञ बन्न डा. देवकोटाले लालमटिया स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रस्ताव अगाडि बढाएका थिए । त्यसको शिलान्यास समेत गरिएको थियो । उक्त प्रस्ताव अनुसार रेखा शर्माले मन्त्री परिषद्मा रोकिएको बढुवाको फायल अगाडि बढाएकी थिइन् ।

एमाले महासचिव शङ्कर पोखरेलका विश्वासपात्र डा. देवकोटा १२ तहमा बढुवा भएपनि त्यस बेलाको बाचा अनुसार उक्त लालमटिया स्वास्थ्य चौकीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रस्ताव अझै पारित भएको छैन ।
लालमटिया स्वास्थ्य चौकी भन्दा पछाडिका स्वास्थ्य संस्था धेरै ५० शय्यामा स्तरोन्नति भएका छन् । सचिवबाट सङ्घीय मन्त्रालयमा फिर्ता भएर देवकोटा अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना महाशाखा हेर्छन् ।

अधिकारीहरूले बताए अनुसार अहिले उनले पुनः शङ्कर पोखरेल खुसी बनाउन दाङमा अन्यको अनुपातमा बढी रकम पठाएका छन् । सात वटा प्रतिष्ठानहरूले यसै वर्षबाट एमबीबीएसको नयाँ कार्यक्रम सुरु गर्न खोजिरहेका छन् । यसमा राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठान  समेत रहेको छ । डा देवकोटाले भने अन्य प्रतिष्ठानमा भन्दा राप्तीमा १५ करोड सम्म बढी रकम पठाएको मन्त्रालयकै अधिकारीहरू बताउँछन् ।

स्वास्थ्यमा नेता राप्तीको बन्नेकी देशको भन्ने सम्मको चर्चा हुन थालेको छ । यसको एउटा मात्रै उद्देश्य हो, एमाले निकट देखिएका देवकोटाले शङ्कर पोखरेलको “सुरुवाल” समातेर सचिव बन्नु हो । यता काङ्ग्रेस निकट संगीता पनि सचिवकै दौडमा छिन् भने एमाले निकट डा. टङ्क बाराकोटी पनि सचिवको दौडमा रहेका छन् । यही बिचमा शङ्कर खुसी बनाएर सचिव पड्काउने दाउमा विकास छन् ।उनलाई नजिकबाट चिन्ने अधिकारीहरू डा. विकास आवश्यकता अनुसार रौं फेर्न सक्ने कर्मचारीभित्र पर्ने बताउँछन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ