धामी र सिंह ४ लाख घसु र ५० लाखको चेक सहित अख्तियारको नियन्त्रणमा


दार्चुला । दार्चुला शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई ४ लाख घसु र ५० लाखको चेक सहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

उनिहरुले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट नगद ४ लाख १२ हजार घुस÷रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

साथै निहरुको साथबाट ५० लाख ६० हजारको चेकसहित जिल्ला कैलाली, धनगढी उपमहानगरपालिका ४ बोराडाडीबाट नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको प्रवक्ता नरहरि घिमिरेले बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ