“युनोप्स” भ्रष्टाचार : ५ लाख पुँजी भएको सप्लायर्स छानेर ५३ करोडको खरिद


काठमाडौँ ।  यू.एन.ओ.पि.एस (युनोप्स)ले स्वास्थ्य सामग्री आपूर्तिको लागि आपूर्तिकर्ता छनौट गर्दा नेपालमा ५ लाख पुँजी भएको टेक्निकल एसोसिएट सर्भिस प्रालि छनौट गरेको देखिएको छ । स्वास्थ्य लाइभले युनोप्स र त्यस बेला सीधै पैसा जिम्मा लगाउने डा. दिपेन्द्ररमण सिंहले गरेका घोटालासम्बन्धी खोजबिन अगाडि बढाइरहेको छ । 

स्वास्थ्य सेवा विभागले युनोप्सका नेपाल माफिया कोमल कार्कीसँग सँठगाँठ गरेर मनलाग्दी सामानमा पैसा हालेको देखिन्छ । कार्कीले यस अगाडि नै ‘आफूले कही हस्ताक्षर नगरेर सरकारी अधिकारीहरूले नै गरे होलान्’ भन्ने जवाफ दिइसकेका छन् । उनको विषयमा युनोप्सको मुख्य कार्यालयमा पनि जवाफ माग्ने काम स्वास्थ्य लाइभले अगाडि बढाएको छ । 

नेपालमा संस्था खडा गरेर दलाली गर्ने मुख्य कार्यालयको योजना हो, वा कोमल कार्कीको यस विषयलाई चाँडै बाहिर ल्याउने छौ । तत्कालीन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहको मिलेमतोमा भएको स्वास्थ्य सामग्री खरिदमा व्यापक घोटाला भएको खुल्दै गएको छ । स्वास्थ्य सेवा विभागबाट खरिद गर्दा अख्तियार लाग्ने डरले सुरक्षित र दीर्घकालीन रुपमा भरपर्दा निकायबाट उपकरण खरिद गराएका थिए । 

ऋणमा आएको रकमबाट दिपेन्द्रले नेपालमा दलाली गर्न खडा भएको युएन भित्रको एक संस्था युनोप्सलाई ५४ करोड रुपैयाँ विनाप्रतिस्पर्धा जिम्मा दिएका थिए । निलो नम्बर प्लेट देखाएर स्वच्छ प्रतिस्पर्धाको नाममा नेपालमा दलाली गर्न खडा भएको एक अन्तराष्ट्रिय संस्था हो । 

नेपालका कुनै पनि निकायले युएन एजेन्सी भित्रको कालो कर्तुतबारे अनुसन्धान गर्न र बोल्न नपाउने गरी आफ्नै नियम, कानुन बनाएर काम गर्दै आएका छन् । तर, युएन एजेन्सीमा पैसा दिने र खरिद गरी पर्दा पछाडिबाट कमिसन लिने परिपाटीको विकास हुँदै गएको छ । त्यसकै एउटा नमुना हो दिपेन्द्र र युनोप्सको सम्झौता ।
सरकारले युएन एजेन्सीको काम कारबाहीको विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने पाउने प्रावधान राख्नुपर्छ । यस्ता संस्था नेपालबाट निकालिनु पर्छ भने, भ्रष्टाचारको सुरक्षित बाटो खोज्ने दिपेन्द्र जस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याई जिम्मेवार बनाउनु पर्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या सचिव डा. रोशन पोखरेलले दिपेन्द्ररमण सिंहको विषयमा समाचार नलेख्न आग्रह गरिरहेका छन् । उनी दिपेन्द्रले गल्ति नगरेको दाबी गर्छन् । यसरी दाबी गर्ने सचिवले छानबिन गर्न बनाएको समितिले सत्यतथ्य रिपोर्ट पक्कै दिने छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही अगाडि बढाउन छानबिन थालेको छ । यसको पत्र मन्त्रालयमा पुग्नासाथ डा. चुमनलाल दासको नेतृत्वमा समिति गठन भएको छ । जुन समिति नै स्वार्थको घेरामा छ । 

प्रशासनको व्यक्ति, लेखाको व्यक्ति र कानुनको व्यक्ति रहेको समिति हुनु पर्नेमा अन्तर्राष्ट्रिय संघ संस्था हेर्ने व्यक्तिको संयोजकत्वमा समिति बनाइएको छ । जे होस् स्वास्थ्य लाइभले उक्त समितिको रिपोर्टलाई केही दिन कुर्ने छ । युनोप्ससँग गरिएका सम्झौता र खरिदका डकुमेन्ट स्वास्थ्य लाइभसँगै सुरक्षित छन् । 

यू.एन.ओ.पि.एस (युनोप्स)ले स्वास्थ्य सामग्री आपूर्तिको लागि आपूर्तिकर्ता छनौट गर्दा नेपालमा ५ लाख पुँजी भएको टेक्निकल एसोसिएट सर्भिस प्रालि छनौट गरेको देखिएको छ । स्वास्थ्य लाइभले युनोप्स र त्यस बेला सिधै पैसा जिम्मा लगाउने डा दिपेन्द्र माथि निर्मम भएर अनुसन्धान अगाडि बढाइरहेको छ ।
पछिल्लो प्राप्त डकुमेन्ट अनुसार थापाथली काठमाडौँ ठेगाना राखी दर्ता भएको आपूर्तिकर्ताबाट ७ प्रदेशका लागि अख्सिजन जेनेरेसन प्लान्टका लागि १९,३०,६०० अमेरिकी डलरको खरिद आदेश दिएको देखिएको छ । 

नेपालकै आपूर्तिकर्ताबाट खरिद गर्ने विषय नेपाल सरकारकै सार्वजनिक कानुनको परिपालना नगरी युनोप्सको सप्सिडायरी अन्तर्गतलाई सीधै खरिद कार्यमा सहभागी हुनेगरी सम्झौता गर्नु कुनै कोणबाट पनि औचित्यपूर्ण देखिएको छैन । उक्त कार्यको लागि लागत अनुमानको आधारमा अमेरिकी डलर २०,१४,६०० भुक्तानी भएकाले वास्तविक खर्च भन्दा बढी भुक्तानी भएको छ । यो । यसरी बढी भुक्तानी भएको अमेरिकी डलर ८४ हजार रहेको छ । उक्त समयमा १ अमेरिकी डलरको नेपाली ११८ रुपैयाँ ४६ पैसा रहेको थियो । यसले गर्दा ९९ लाख  ५० हजार ६४० रुपैयाँ दाखिला गरी कारबाही गर्नुपर्छ ।   

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ