डा. विकासलाई महानिर्देशक बनाउन चलखेल, चुमन गुणस्तर र भीम समन्वय सरुवा हुँदै !


काठमाण्डौ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले केही कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने तयारी थालेका छन् । उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक, गुणस्तर महाशाखा प्रमुख, नीति योजना महाशाखा प्रमुख, अन्तराष्ट्रिय समन्वय महाशाखा प्रमुख हेरफेरको सूची तयार पारेका छन् । 

स्रोतका अनुसार चाडै उनीहरूको जिम्मेवारी हेरफेर हुने छ । एमाले निकट रहेका अतिरिक्त सचिव विकास देवकोटालाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाउन पौडेल लागेका छन् । देवकोटा एमाले महासचिव शङ्कर पोखरेलका विश्वास पात्र भएपनि उनीसँग स्वार्थ जोडिएका काङ्ग्रेसका साना ठूला व्यापारी महानिर्देशक बनाउन लागेका छन् । 

डा विकास माथि “ताक परे तिवारी नत्र गोतामे” भन्ने नेपाली उखान चरितार्थ भएको छ । जसले जेजे भनेर उनले परिचय दिए पनि हामी बिच वंश निकटता छ भन्ने हो । यस अगाडि एमालेले विकासलाई लुम्बिनी प्रदेशको सचिव समेत बनाएको थियो । 

स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताए अनुसार काङ्ग्रेसबाट मन्त्री बनेका पौडेलले एमाले निकट देवकोटालाई महानिर्देशक बनाउने योजना बन्नुले उनको काम गर्ने शैलीमा शङ्का उब्जिएको छ । स्वास्थ्य क्षेत्रमा विकास व्यापारीहरूसँग बढी नजिक हुने गरेको गुनासाहरू आउने गरेका छन् । व्यापारीको स्वार्थ जोडिएको फायलमा विकास बढी चासो राख्ने र आफै धाउने गरेका कुराहरू मन्त्रालय भित्र उनकै सहपाठीले गर्दै आएका छन् । 

तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवलाई समेत विकासलाई महानिर्देशक बनाउन व्यापारीहरूको एउटा गिरोह लागेको थियो । मन्त्री भएको १५ दिन नपुग्दै बानेश्वरको एभरेष्ट होटलमा मन्त्री र केही व्यापारी गरी चार जनाको गोप्य छलफल भएको थियो ।

किस्तामा १० करोड खर्च गर्न तयार व्यापारीहरूले विकासलाई महानिर्देशक बनाएर आफूले भनेका व्यक्ति खरिदमा राख्न आग्रह गरेका थिए । तर, कर्मचारीहरूले उधारोमा नभई नगदमा सम्झौता गरे सबै टिक हट्ने सुझाव मन्त्रीलाई दिएका थिए । सरकार परिवर्तन भएपछि त्यो विषयले प्राथमिकता पाउन सकेको थिएन । 

अधिकारीहरूले बताए अनुसार अहिले पुन विकासलाई लैजान व्यापारी लागेका छन् । उनी महानिर्देशक बनेको खण्डमा त्यो कुराले पुष्टि समेत गर्ने छ । उनी एमाले र काङ्ग्रेसको कार्ड गोजिमा बोकेर हिँडेका छन् । एमाले स्वास्थ्य मन्त्री भए ओरिजिनल बताउने र कांग्रेस भए पारिवारीक पृष्ठभुमि नै कांग्रेस हो भन्ने रे चिनाउने गरेका छन् । 

यता अन्तराष्ट्रिय समन्वय महाशाखामा भीम सापकोटालाई लैजाने तयारी भएको छ । स्रोतका अनुसार त्यहाँ कार्यारत डा चुमन लाललाई गुणस्तर महाशाखा सरुवा गर्ने तयारी भएको छ । मदन उपाध्यायको सरुवा कहाँ गर्ने भन्ने एकिन भएको छैन । त्यस्तै नीति योजना महाशाखामा कार्यारत डा कृष्ण पौडेलको पनि सरुवा गर्ने तर, त्यहाँ ल्याउने व्यक्तिको टुंगो लागेको छैन । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ