यी हुन् मन्त्रिपरिषद्को ५ समितिका संयोजक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रिपरिषद्को समितिका संयोजक तोकेको छ । बैठकले मन्त्रिपरिषद्को विभिन्न ५ समितिका संयोजक तोकेको हो ।

राजनीतिक, आर्थिक पूर्वाधार, प्रशासन, विधेयक र सामाजिक गरी मन्त्रिपरिषद्को पाँच समिति रहेका छन् । उक्त समितिमा कुनै एक मन्त्रीलाई संयोजक तोक्ने चलन छ । त्यहीँ चलन अनुसार मन्त्रिपरिषद्को बैठकले समितिको संयोजक तोकेको हो

मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई मन्त्रिपरिषद्को राजनीतिक समितिको संयोजक तोकेको छ । त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आर्थिक पूर्वाधार समितिको संयोजक तोकेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई प्रशासन र गृहमन्त्री रमेश लेखेकलाई विधेयक समितिको संयोजक तोकिएको छ । समाजिक समितिको संयोजकको जिम्मेवारी भने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले पाएका छन् ।

मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्त गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ