समाज डेण्टल हस्पिटलका मालिक घिमिरे बने नेपाली कांग्रेसको प्रमुख सचेतक


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित भएका छन् । समाज डेण्टल हस्पिटलका मालिक समेत रहेका घिमिरेलाई कांग्रेसको प्रमुख सचेतक बनाइएको हो ।

प्रतिनिधि सभा सिन्धुली क्षेत्र नम्बर एकबाट निर्वाचन घिमिरेलाई कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख सचेतकमा मनोनित गरेका हुन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएपछि उनले प्रमुख सचेतक बन्ने सौभाग्य प्राप्त गरेका छन् ।

घिमिरेको समाज डेण्टल हस्पिटलले पूर्वस्वास्थ्यमन्त्री अर्जुननरसिंह केसी, कांग्रेस सांसद एवं डलर अर्बपति विनोद चौधरीलगायतका व्यक्तिलाई अतिथि बनाएर २४ औं वार्षिकोत्सव समेत मनाएको थियो । समाज डेण्टल हस्पिटलले नयाँ बानेश्वरमा भवन बनाउँदा बस्ती जोखिममा परेपछि उनी विवादमा समेत तानिएका थिए ।

स्वास्थ्यमन्त्री बन्ने दौडमा रहेका घिमिरेलाई प्रदीप पौडेलले ‘ब्रेक’ लगाइदिएपछि प्रमुख सचेतकको पत्र बुझेका छन् । कांग्रेसको सचेतक भने शुशिला थिङ छिन् । घिमिरे र थिङ दुबैजना सिन्धुलीका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #प्रमुख सचेतक नेपाली कांग्रेस, #शुशिला थिङ कांग्रेस सचेतक, #समाज डेण्टल हस्पिटल, #सांसद श्यामकुमार घिमिरे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ