स्वास्थ्यका एउटै महाशाखामा लामो सयम बस्ने कर्मचारी परिवर्तन जरुरी छ : विज्ञ (सुची सहित )


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको एउटै शाखा महाशाखामा वर्षौ सम्म बसेका कर्मचारीहरू प्रसस्तै छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भ्रष्ट्राचारको केन्द्र बिन्दू पत्तो पाएका कर्मचारीले वर्षौ एउटै शाखा, महाशाखामा बसेर त्यसलाई टाल्ने हिम्मत गरेका छैनन् बरु कसरी थप प्वाल पार्न सकिन्छ भन्नेमा छन् । उनीहरूले लामो सयम एकै ठाउमा बसेको फाइदा उठाउँदै सेवा प्रदायक सङ्घ संस्थाहरूसँग पटके उठाउने तर्फ ध्यान केन्द्रित गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रेकड हेर्दा एउटा शाखा, महाशाखामा कर्मचारी १ महिना देखि ७ वर्ष सम्म बसेको देखिएको छ । अब भ्रष्ट्राचारको विषयमा व्यापक उजुरी पर्ने स्वास्थ्यका शाखा महाशाखामा लामो सयम एउटै जिम्मेवारी लिएर बस्ने कर्मचारीलाई हटाएर सुशासनको विन्दुमा मन्त्री प्रदीप पौडेल प्रवेश गर्नुपर्ने देखिन्छ । तर, यहि कर्मचारीबाट सल्लाह सुझाव लिएर अगाडि बढ्न चाहे त्याे मन्त्रीका लागि सुशासन फिक्का हुनेछ ।

स्वास्थ्य क्षेत्रका पूर्व कर्मचारीले पनि लामो समय एकै स्थानमा कर्मचारी राख्नु घातक हुने बताएका छन् । पूर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सामान्यतया नियम अनुसार दुई वर्ष भन्दा कम काम गरेका कर्मचारी सरुवा गर्न नहुने बताउँछन् । दुई वर्ष एकै स्थानमा काम गरेको कर्मचारी पनि सरुवा गर्नेै पर्छ भन्ने छै्न, पूर्व सचिव उप्रेती भन्छन्, तर स्वास्थ्यमा एउटा शाखा महाशाखामा दुई वर्ष भन्दा बढी समय राख्नु घातक भने हुन्छ ।

व्यवस्थापन महाशाखा, गुणस्तर महाशाखा र नीति योजना महाशाखा जस्ता महत्वपूर्ण निकायमा दुई वर्ष भन्दा बढी कर्मचारी राख्नु उचित हुदैन । अस्पताल अनुगमनका नाममा बढी चलखेल हुने गरेको विज्ञहरूको बुझाई छ ।

स्वास्थ्यमा लामो समय सम्म एकै ठाउँमा बस्दा नराम्रोसँग “जरा” मौलाएको छ । हालका स्वास्थ्य मन्त्रीले दुई वर्ष भन्दा बढी बसेका कर्मचारीसँग मिलेर सेटिङ गर्छन् वा क्षमतावान नयाँ ल्याएर पुरानाको चलखेल अन्त्य गर्छ् त्यो केही दिनमा स्पष्ट हुने छ ।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल पनि महाशाखामा एउटै व्यक्ति दुई वर्ष भन्दा बढी राख्नु भनेको स्वास्थ्यका लागि घातक भएको टिप्पणी गर्छन् । राम्रो कर्मचारी पर्दा जति वर्ष राख्दा पनि फरक पर्ने हैन डा प्याकुरेलले भने, स्वास्थ्यमा भने त्यस्तो छैन, दुई वर्ष पुगेकालाई सरुवा गर्दा मन्त्रालयलाई फाइदा हुने छ । उनका अनुसार हाकिममा लामो समय एकै ठाउँमा बसेपछि सेवा ग्राही वा सङ्घ संस्थालाई सहयोग नगरे देखाइदिन्छु भन्ने अहमताको विकास हुन जान्छ ।

डा प्याकुरेल भन्छन् कर्मचारी सरुवा गर्दा क्षमतावान भए नभएको बुझ्नु पर्छ । महाशाखा प्रमुख २ वर्ष भन्दा बढी राख्नु म राम्रो मान्दिन । उनका अनुसार क्षमता विकास पनि गरिनु पर्छ ।

लामो समय बस्दा चलखेल हुन सक्छन् । स्वास्थ्य सुधार गर्न दुई वर्ष भन्दा बढी एकै ठाउँमा राख्दा राम्रा   कर्मचारीलाई समेत असर गर्छ ।

अनुगमन तथा मूल्याङ्कन महाशाखाका मनोज ताम्राकार विगत ६ वर्ष ७ महिना देखि एउटै शाखामा कार्यरत रहेका छन् । त्यस्तै अनुगमन तथा मूल्याङ्कन महाशाखाका रविकान्त मिश्र ५ वर्ष १० महिना देखि एकै ठाउँमा छन् । तर, उनी मन्त्रालयले खटाए दरबन्दी रहेको स्थान जहाँ गएर पनि सेवा दिन तयार भएको बताउँछन् ।

यता सुनालक्ष्मी कर्माचार्य पनि ५ वर्ष १० महिना देखि लैङ्गिक समानता शाखामा कार्यरत छन् । उनी पनि सो महाशाखामा बस्न खासै रुचाएकी छैनन् ।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन कुमार उपाध्याय ३ वर्ष १ महिना देखि निरन्तर त्यही महाशाखामा कार्यरत छन् । आइभीएफलाई संचालन अनुमती दिने देखि निजी स्वास्थ्य सस्थाहरुको अनुगमन गर्ने महत्वपूर्ण कामहरु यस महाशाखाले गर्दै आएको छ ।

नीति योजना तथा  अनुगमन शाखामा कार्यरत डा कृष्ण प्रसाद पौडेल २ वर्ष ४ महिना देखि कार्यरत छन् । यता हालै ११ तहमा नाम निकाल्न सफल भीम प्रसाद सापकोटा ३ वर्ष ९ महिना देखि समन्वय महाशाखा (कामकाज) मा छन् । सापकोटाले प्रदेशमा सरुवा भएर जाने इच्छा जाहेर गरेको भएपनि स्वास्थ्य सचिव डा रोशन पोखरेलले पठाएका छैनन् ।

त्यस्तै चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखामा कार्यरत शकुन्तला प्रजापति पनि ३ वर्ष ९ महिना देखि कार्यरत छन् । उप सचिव रोशनी देवि कार्की ३ वर्ष ३ महिना,  यता औषधि व्यवस्थापक    उषा तण्डुकार २ वर्ष ३ महिना देखि गुणस्तर मापन तथा नियमन शाखामा कार्यरत छिन् ।

काे कति बसेका छन्

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ