माधव नेपालका बहिनीज्वाइँ पोखरेललाई अस्ट्रेलियाको राजदूतबाट फिर्ता बोलाउने तयारी


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बहिनीज्वाइँ कैलाश पोखरेललाई अस्ट्रेलियाको राजदूतबाट फिर्ता बोलाउने तयारी गरेको छ । सम्भवतः मन्त्रिपरिषद्को बिहीबार कै बैठकले उनलाई अस्ट्रेलियाको राजदूतबाट फिर्ता बोलाउने छ ।

२०७८ चैतमा अस्ट्रेलियाको राजदूत बनेका नेपालमा सहोदर बहिनीज्वाइँ पोखरेल नेपाल सरकारको सहसचिवबाट अवकाश प्राप्त व्यक्ति हुन् । उनी राजस्वका क्याडर हुन् । माधवकुमार नेपालकै बहिनीज्वाइँ भएका कारण पोखरेलले अस्ट्रेलियाको राजदूत बन्ने सौभाग्य प्राप्त गरे ।

नेपाली कांग्रेसको समर्थनमा नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बनेपछि भारत, चीन, अमेरिका, बेलायत, रूस, जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, इजरायलजस्ता देशमा नयाँ राजदूत बनाउने कसरत सुरु भएको छ । भारत, अस्ट्रेलिया, जापान जस्ता देशमा नेपाली कांग्रेसको तर्फबाट राजदूत सिफारिस गरिने मोटामोटी सहमति भएको छ । त्यस्तै चीन, अमेरिका, बेलायत जस्ता देशमा एमालेको तर्फबाट राजदूत सिफारिस हुने भएका छन् ।

चीनको राजदूत बिष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाको राजदूत कैलाश पोखरेल, र जापानको राजदूत दुर्गाबहादुर सुवेदी, रूसको राजदूत मिलनकुमार तुलाधारलाई फिर्ता बोलाएर ती देशमा नयाँ राजदूत सिफारिस गर्ने तयारी भइरहेको परराष्ट्र स्रोतले बतायो ।

भारतको राजदूतमा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूत शंकर शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरामीको नाम चर्चामा छ । अमेरिकामा डा. विमला राई पौड्याल र चन्द्र घिमिरेमध्ये एकजना राजदूतमा सिफारिस हुने कुरा छ । घिमिरे अमेरिकामा नभए बेलायतको राजदूत सिफारिस हुने पनि उत्तिकै सम्भावना देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #कैलाश पोखरेल, #राजदूत कैलाश पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ