योजना आयोगको उपाध्यक्ष डा. अधिकारी, सदस्यमा डा. बिच्छा, सिंहलगायत नियुक्त


काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डा. अधिकारीलाई योजना आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरिरहेका थिए ।

त्यस्तै राष्ट्रिय योजना आयोगको सदस्यमा डा. आरपी बिच्छा, डा. रमेश प्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई नियुक्त गरिएको छ ।

डा. बिच्छा स्वास्थ्य सेवा विभागका पूर्वमहानिर्देशक हुन् । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्य सल्लाहकार भएका डा. बिच्छा दोहोऱ्याएर राष्ट्रिय योजना आयोगको सदस्य बनेका छन् ।

सहरी विकास सचिव हुँदा चर्चित रहेका सिंह पनि योजना आयोगको सदस्य बनेका छन् । उनी यसअघि पनि आयोगको सदस्यमा नियुक्त भएका थिए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ