स्वास्थ्यको इज्जत राख्ने डा बिच्छा, योजना आयोगको उपाध्यक्षको लाइनमा अग्रसर


काठमाडौँ । डा आरपी बिच्छा राष्ट्रिय योजना आयोगको सदस्यमा पुन नियुक्त भएका छन् । ०८० बैशाखमा पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेका थिए । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकार डा आरपी बिच्छा प्रचण्डको पालामा राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त भएका हुन । माओवादी र एमालेको सहकार्यमा उनी हटेका थिए । अहिले केपी शर्मा ओलीको नेतृत्वमा बिच्छा पुन सदस्यमा नियुक्त भएका छन् ।

स्वास्थ्य सेवाको व्यक्ति माथि कार्यक्षमतामा प्रश्न उठाउनेहरू प्रति बिच्छाले बोली बन्द गराएका छन् । एउटा चिकित्सकले अवसर पाउदा जस्तो सुकै जिम्मेवारी कुशलतापूर्वक निभाउन सक्छ भन्ने उदाहरण डा बिच्छाले दिएका छन् । उनको कामको उच्च मुल्यांकन गरेरै राज्यले पुन सदस्यमा नियुक्त गरेको हो ।

लामो समय स्वास्थ्य सेवामा आवद्ध रहेका बिच्छा स्वास्थ्य सेवा विभागको महानिर्देशक समेत भएका थिए । कोरोना महामारीको समयमा चुस्त व्यवस्थापन गर्ने कर्मचारीको खडेरिका बीच बिच्छालाई महानिर्देशकको जिम्मेवारी दिएको थियो । तीन महिना स्वास्थ्य सेवा विभागको महानिर्देशक भएका बिच्छाले खोपको व्यवस्थापन चुस्त र तीब्र गतिमा गरेका थिए । उनलाई मन नपराउनेहरू आरजुको आशीर्वादले त्यहाँ पुगेको पनि भन्ने गरेका छन् । तर, त्यसो भन्नेहरू पनि कसै न कसैको फेरो समातेरै टिकेका हुन् ।

अधिकारीहरू भन्छन् बिच्छामा राम्रो नेतृत्व क्षमता रहेको छ । उनलाई राज्यले जसरी प्रयोगमा ल्याएको छ, त्यो आफैमा सराहनीय छ । राज्यले बिच्छा जस्ता व्यक्तिको अनुभवलाई निस्वार्थ उपयोग गर्नुपर्छ । बिच्छाले कोरोनाको खोप बितरण र प्रयोगमा ऐेतिहासिक काम गरेका थिए । नागरिक खोप र स्वास्थ्य सामग्रीको अभावमा छटपटाउदा बिच्छाले त्यसलाई केही हदसम्म मलम लगाउने हेतुले जिल्ला जिल्लामा समतामूलक हिसाबले बितरण गरेका थिए । यसले पनि धेरै क्षति हुन रोकिएको थियो ।

पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको ०७८ कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकले डा बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकार विशिष्ट श्रेणीको रुपमा नियुक्त गरेको थियो । बिच्छाले ०७८ कात्तिक ७ गते अनिवार्य अवकाश पाएका थिए । तर, सरकारले उनको सेवा अवधि तीन वर्ष थप गर्दै ८ गतेबाट सेवामा निरन्तरता दिएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ