स्वास्थ्य सेवा विभागका कर्मचारी वर्षौदेखि एकै ठाउँमा, को कहिलेदेखि ?


काठमाडौँ । स्वास्थ्य सेवा विभागमा कार्यरत कर्मचारी लामो समय देखि एउटै जिम्मेवारीमा रहेको पाइएको छ । स्वास्थ्य लाइभले पाएको सुचि अनुसार विभागका केही रसिला शाखा, महाशाखामा कार्यरत कर्मचारी वर्षौ देखि एकै ठाउँमा छन् ।

फुस्रा शाखा, महाशाखाका कर्मचारी छिन छिनमा फेरबदल हुँदा रसिला शाखा, महाशाखामा काम गर्नेहरू ०७५ साल देखि निरन्तर एउटै जिम्मेवारीमा छन् । उनीहरूको सरुवा समेत भएको छैन । सूचि अनुसार आधिकांश कर्मचारी ०७५ देखि एकै ठाउँमा  छन् ।

केही समय अगाडि स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा सङ्गीता कौशल मिश्राले भने वर्षौ देखि जरा फैलाएर बसेका करारका कर्मचारी र केही स्थायीको शाखा फेरबदल गरेकी छन् । विभाग अस्तव्यस्त हुँदा समेत तत्कालीन महानिर्देशकहरूले सुधारमा ल्याउन सकेका थिएनन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख मेडिकल अधिकृत डा हेमन्त चन्द्र ओझा ०७५ साउनदेखि निरन्तर एउटै कुर्सीमा छन् । उनले रोग नियन्त्रण महाशाखाको जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखामा काम गरिरहेका छन् ।

मेकानिकल इन्जिनियर स्वतन्त्रता जोशी ०५४ साल देखि निरन्तर व्यवस्थापन महाशाखाको खरिदमा छन् । खरिदमा चरम भ्रष्टाचार हुने निकायमा यति लामो समय निरन्तर बस्नुको औचित्य हामीले बताइरहनु पर्दैन ।  स्वास्थ्य सेवा विभागमा जम्मा १२१ जना कर्मचारी रहेका छन् । उनीहरू मध्ये अधिकांश ०७५ साल देखि निरन्तर एकै दाउमा बस्दै आएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल काम गर्ने मेलो मेसो नबुझेर रनभुल्ल पर्न थालेका छन् । “कि आफै जान्नु, नत्र भनेको मान्नु” भन्ने नेपाली उखान गाउँघरमा चर्चित छ । अहिले मन्त्री पौडेललाई यस्तै भएको छ । गगनले तीन दिन भित्र कर्मचारी सरुवा गर्न अनुरोध गरेका थिए । तर, डा शेखर कोइरालाले कम्तिमा पनि एक महिना हेरेर मात्रै चलाउनु भन्ने निर्देशन पछि मन्त्री पौडेल पछाडि हटेका हुन् ।

मन्त्री पौडेलले काम गर्न नसक्ने तर्फ स्वास्थ्यका अधिकारीहरूले अङ्कित गर्न थालेका छन् । युवा मन्त्री भनेर धेरैले आशा गरेका थिए । तर, मन्त्री भएर आउँदा आफ्नो कुनै योजना पेश नगरे पछि कर्मचारीले उनको नाडी छामेका छन् । आफूले योजना दिन नसके पछि मन्त्री पौडेलले वर्षौ पुराना असफल कर्मचारीबाट सल्लाह सुझाव लिनुपर्ने देखिएको छ ।

राज्यमन्त्रीका लागि अहिले पौडेलको आगमन उचित थियो । पहिलो पटक सभासद भए लगत प्राविधिक मन्त्रालयको जिम्मेवारीमा आउँदा उनी निकै हतास र सङ्कटग्रस्त अवस्थामा देखिएका छन् । उनले पुराना जरा गाडेर बसेका कर्मचारीलाई हटाएर नयाँ कर्मचारीको व्यवस्थापन नगर्दा सम्म सुधार हुने आशा सबैले मारेका छन् ।

काे कहिले देखि छन्

क्याटेगोरी : समाचार
ट्याग : ##dohs nepal

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ