कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन


काठमाडौँ । कीर्तिपुर नगरपालिकाका प्रमुख (मेयर) राजकुमार नकर्मीको निधन भएको छ । उपचारका क्रममा उनको वीर अस्पतालमा निधन भएको हो ।  मेयर नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

मिर्गौला खराबीका कारण उहाँको मृत्यु भएको हो । नेपाली कांग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचन कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित नकर्मी पूरा कार्यकाल चलाउन नपाइ ‘स्वर्गीय’ भएका छन् । उनको श्रीमतीसहित एक छोरा, एक छोरी रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ