भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्रीले दिए महिला मन्त्रालयका सचिवलाई धन्यवाद !


काठमाडौं । भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो।

सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सफलताका लागि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद समेत दिएका छन् ।

 

‘उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो। मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने छ। उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद !!’, प्रधानमन्त्री ओलीले समाजिक सञ्जालमा लेखेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ