बागमतीको स्वास्थ्यमन्त्री किरण थापा मगर


काठमाडौं । बागमती प्रदेशको स्वास्थ्यमन्त्री किरण थापा मगर बनेका छन् ।  भक्तपुर क्षेत्र नम्बर २ प्रदेश (१)बाट निर्वाचित प्रदेशसभा सदस्य थापाले बागमती प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएकाका हुन् । उनी नेकपा एमालेका प्रदेश सभा सदस्य हुन् ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले शनिबार प्रदेश सरकारलाई पूर्णता दिएका छन् । धादिङका मदुकुमार श्रेष्ठलाई विनाविभागीय मन्त्री बनाउने उनले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

बहादुरको नेतृत्वमा बनेको सरकारका स्वास्थ्यमन्त्री थापासहित सामाजिक विकासमन्त्रीको जिम्मेवारी हरिप्रभा खड्गीले पाएकी छिन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय अमन कुमार मास्के र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी कृष्णप्रसाद सिलवालले पाएका छन् ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी प्रेमभक्त महर्जन, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी शुकुमाया तामाङ र आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी कुन्दनराज काफ्लेले पाएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुरजचन्द्र लामिछाने, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी श्यामबहादुर खड्का र संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी विमल ठकुरीले पाएका छन् । मदुले भने मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।

क्याटेगोरी : समाचार
ट्याग : #किरण थापा मगर स्वास्थ्यमन्त्री बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ