गोकर्णेश्वर नगर छोरी नर्सिङ शिक्षा कार्यक्रममा ५० प्रतिशत छात्रवृत्ति
काठमाडौं । गोकर्णेश्वर नगर छोरी नर्सिङ शिक्षा कार्यक्रममा ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने भएको छ। गोकर्णेश्वर नगरपालिकाले गोकर्णेश्वर नगर छोरी नर्सिङ शिक्षा कार्यक्रममा उक्त छात्रवृत्तिको व्यवस्था गरेको हो।
पिसिएल नर्सिङ अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले जनाए। गोकर्णेश्वर नगरपालिकाको नागरिकता प्रमाणपत्र वा मतदाता परिचयपत्र भएका व्यक्तिले उक्त छात्रवृत्तिका लागि आवेदन गर्न सक्ने जनाइएको छ। उक्त छात्रवृत्ति गोकर्णेश्वर नगर छोरी नर्सिङ शिक्षा कार्यक्रम अन्तर्गत प्रदान गरिने नगर प्रमुख रिसालको भनाइ छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको उक्त छात्रवृत्ति कार्यक्रमले नगरवासीलाई नर्सिङ शिक्षामा प्रोत्साहन गर्ने विश्वास लिइएको छ। गोकर्णेश्वर नगर छोरी नर्सिङ शिक्षा कार्यक्रम अन्तर्गत प्रदान गरिने छात्रवृत्तिले आवश्यक नर्सिङ जनशक्ति उत्पादनमा ठूलो योगदान पुग्ने देखिन्छ। गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्ने गरी अघि सारेको गोकर्णेश्वर नगर छोरी नर्सिङ शिक्षा कार्यक्रम निकै लोकप्रिय र प्रभावकारी हुने सम्भावना छ। यसलाई नमूना कार्यक्रमका रुपमा लिन सकिन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस