सर्वोच्च अदालतले पनि पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहऱ्यायो
काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचारी ठहर गरेको छ। उनलाई ९ महिना कैद र ६९ लाख १५ हजार जरिवाना हुने सर्वोच्च अदालतको ठहर छ। न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकाल संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हो।
विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जनको मुद्दामा जोशीलाई भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो। सर्वोच्चले भने कैद र जरिवानमा भारी छुट दिएको छ। सर्वोच्च अदालतले उक्त मुद्दामा बासुदेव पन्त र ताराराज पाण्डेलाई भने सफाइ दिएको छ।
लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको पूर्वगृहमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दा टुंगोमा पुगेको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस