जर्मनीको राजदूतका लागि डा. शैल रूपाखेती सिफारिस


काठमाडौं । जर्मनीको राजदूतका लागि डा. शैल रुपाखेतीको नाम सिफारिस भएको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका निजी चिकित्सक रहेका डा. रुपाखेतीलाई जर्मनीको राजदूतको नियुक्तिका लागि सिफारिस गरिएको हो। उनी सानेपास्थित स्टार अस्पतालका मालिक समेत हुन्। जर्मनीको राजदूत रामकाजी खड्काको ठाउँमा रुपाखेती जाने भएका छन्। रुपाखेती कांग्रस नेतृ एवं परराष्ट्रमन्त्रीमन्त्री आरजु राणा देउवाका समेत विश्वासपात्र हुन्।

सरकारले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई निरन्तरता दिएको छ। अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी र बेलायत चन्द्र घिमिरेको नाम सिफारिस भएको छ। रेग्मी यसअघि भारतको राजदूतका लागि सिफारिस भएका थिए भने घिमिरे अमेरिकाक राजदूतमा सिफारिस भएका व्यक्ति हुन्। अमेरिकाको राजदूतमा सिफारिस पूर्वमुख्यसचिव रेग्मी बेलायतको पूर्व राजदूत समेत हुन्।

सरकारले अस्ट्रेलिया राजदूत माधवकुमार नेपालका बहिनीज्वाइँ  कैलाश पोखरेललाई फिर्ता बोलाए कान्ता रिजाललाई सिफारिस गरेको छ। रिजाललाई पुष्पकमल कमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हालै इजरायलको राजदूतबाट फिर्ता बोलाएको थियो। उनले अस्ट्रेलियाको राजदूत पड्काएकी छिन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले चीनका राजदूत विष्णुपुकार श्रेष्ठलाई बोलाएर कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ। श्रेष्ठ नेकपा माओवादी निकट व्यक्ति हुन्। सरकारले दक्षिण कोरिया शिवमाया तुम्बाहाङफे, पोर्चुगलको राजदूतमा प्रकाशमणी पौडेल, मलेसिया नेत्र तिमिल्सिना, इजरायल राजदूतमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिका राजदूतमा कपिलमान श्रेष्ठ सिफारिस भएका छन्। त्यस्तै सरकारले साउदी अरबमा नरेशविक्रम ढकाल र  पाकिस्तानमा रिता धितालको नाम सिफारिस गरेको छ।

त्यस्तै डेनमार्कका लागि नेपाली राजदूतमा सुम्निमा तुलाधार, श्रीलंकाको राजदूतमा रामकृष्ण भट्टराई र स्पेनको राजदूतमा सनिल नेपाल सिफारिस भएका छन्। नेपाल यसअघि पोर्चुगलको राजदूतमा सिफारिस भएर जान नपाएका व्यक्ति हुन्। रुसका लागि नेपाली राजदूत मिलनकुमार तुलाधरलाई फिर्ता बोलाएर जंगब चौहानको नाम सिफारिस गरिएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ