स्वास्थ्यमन्त्रीलाई प्रश्न: पुरुष नेतृत्व रोजेर भ्रष्टाचारलाई मलजल गर्ने कि, महिला नेतृत्व रोजेर सुशासन कायम गराउने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई यतिबेला स्वास्थ्यमा सुशासन कायम गराउने र इतिहास रच्ने एउटा महत्वपूर्ण अवसर मिलेको छ । भोलिका लागि भविष्य बोकेर स्वास्थ्यमा छिरेका पौडेल भ्रष्टाचारले थिलथिलो स्वास्थ्यमा सुशासन कायम गराउने तर्फ भूमिका निभाउँछन् वा थप मलजल गर्छन् धेरैमा अलमल छ ।
स्वास्थ्यमा सुशासन कायम गराउन महिला नेतृत्वको विकल्प छैन । कुशासनमा जोड दिए मन्त्री पौडेलका लागि पुरुष नेतृत्व काफी छ । स्वास्थ्य क्षेत्रमा कतिपय पुरुषले नेतृत्व गरेका निकाय छन् त्यहाँ कुनै न कुनै भ्रष्ट्राचारको गन्ध आएको छ । तर, केही राम्रा कर्मचारी नभएका हैनन् उनिहरुलाई नेतृत्वले चिन्न नसकेको हो ।
संविधानको धारा ३८ को उपधारा १ ले महिला पुरुष समान भनेर बोलेको छ । काम समान गर्ने भनेर लेख्ने तर जिम्मेवारी दिन हिच्किचाउने परिपाटीको विकास भएको छ । महिलाहरू जोखिम लिन्छन् तर, ऐन, नियम, कानुनभन्दा बाहिर गएर जोखिम मोल्ने आँट उनीहरु गर्दैनन् । उनीहरु पुरुषले जस्तो साम, दाम, दण्ड भेदको नीति र शैली अपनाउँदैनन् । पुरुषमा भन्दा स्वास्थ्यमा नेतृत्व सम्हालेका महिलामा पारदर्शिता धेरै देखिन्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रको विवरण हेर्दा पनि महिलाले नेतृत्व गरेका शाखा, महाशाखा र विभागको उजुरी नगन्य रहेको छ । त्यसैले मन्त्री पौडेलले कर्मचारीको व्यवस्थापन गर्दा पुरुषको नेतृत्व बढाउँछन् वा महिलाको नेतृत्व बढाउछन् केही दिनमा स्पष्ट हुने छ ।
अधिकारीहरू भन्छन् मन्त्री पौडेलले पुरुष नेतृत्व रोजेर भ्रष्टाचारलाई मलजल गर्छन या महिला नेतृत्व रोजेर सुशासन कायम गरि इतिहास रच्छन् त्यो उनको परीक्षणको घडी हो । कानुनले हरेक निकायमा महिलाको उपस्थिति ३३ प्रतिशत हुने सुनिश्चित गरेपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग र मातहतका निकायमा अधिकांश उपस्थिति पुरुषको छ ।
स्वास्थ्य सेवा विभाग भित्र पाँच महाशाखा र पाँच केन्द्र रहेका छन् । व्यवस्थापन महाशाखा, परिवार कल्याण महाशाखा, उपचारात्मक सेवा महाशाखा, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा छन् ।
त्यस्तै केन्द्रमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सन्चार केन्द्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला छन् । यी दश निकाय मध्ये नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखामा हिरा कुमारी निरौलाले नेतृत्व गर्ने बाहेक अन्यत्र पुरुषको कब्जा छ । स्वास्थ्य सेवा विभाग हाल महिलाको नेतृत्वमा रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव डा सेनेन्द्रराज उप्रेती महिलाको नेतृत्वमा सुशासन कायम हुने बताउँछन् । स्वास्थ्यमा पछिल्लो समय महिलाको उपस्थिति राम्रो छ । तल्लो तह देखि माथिल्लो १२ तह सम्म महिला कर्मचारीको उपस्थिति रहेको छ । अझ कोशी प्रदेशमा स्वास्थ्य मन्त्रालयको नेतृत्व महिलाले गरेकी छन् ।
स्वास्थ्य क्षेत्रका जानकारहरु देशमा संकट परेका बेला महिलाको नेतृत्वले बिना बिवाद संकटलाई पार लगाएको बताउछन् । नाका बन्दिको समय होस् वा कोभिड महामारीको समय महिलाले नेतृत्व गरेका क्षेत्रमा कुनै विवाद र कार्यमा व्यवधान आएको छैन उनिहरु भन्छन् । तर, महिला कर्मचारीले अवसर ज्यादै कम पाएका छन् । महामारीको समयमा पुरुषले नेतृत्व गरेका निकायहरुमा व्यापक विवाद भएको छ । भ्रष्ट्राचारका मुद्धाको चाङ अदालतमा लागेको छ ।
अधिकारीहरू भन्छन् स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्राले बेथितिलाई अन्त्य गर्न कयौै चुनौतीलाई सामना गरेकी छन् । कर्मचारीको स्तरवृद्धिमा दुर्गमका फायल देख्नै नहुने कुना लगेर पैसा उठाउनेहरुमा खडेरी चलाइन् । खरिदलाई पुर्णरुपमा पारादर्शीता बनाईन् । यी र यस्ता कारणले राजनीतिमा आस्था राखेर हिडेका पानी मरुवा कर्मचारीहरु कांग्रेसको सरकार आएसँगै सलबलाउन थालेका छन् । जब्बर महिलाका रुपमा चित्रण गरिएकी संगीता हटाउन पाए पुन सुकेको मुहान रसाउन सक्ने आसामा किथ्रे कर्मचारी लागेका छन् ।
स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा सुशिलनाथ प्याकुरेल पनि विगतका महानिर्देशक भन्दा वर्तमान महानिर्देशक अब्बल र सुशासन मैत्री भएको बताउँछन् । डा प्याकुरेल महानिर्देशक संगीता, यसोधा अर्याल, कबिता अर्याल, रोशनी देवी तुइतुई, डा रुणा झा, सर्मिला पौडेल, डा पोमा थापा, बाला राइको कार्य शैली र योग्यतालाई आत्मसाथ गर्दै मन्त्री पौडेल अगाडि बढे सफलता चुम्ने बताउँछन् । यी सुशासन कायम गराउने अब्बल महिला कर्मचारीहरु हुन् ।
महिलाहरू पुरुषको जस्तो डेटिङ, भेटिङ र सेटिङमा नलाग्ने भएकै कारण उनिहरुले नेतृत्व गरेका निकाय सफल भएका छन् डा प्याकुरेल भन्छन् । तर, दुर्भाग्य पुरुष कर्मचारीको एउटा झुण्ड सफल महिलाको नेतृत्व खलबल्याउन चारै तिरबाट अफवाहको पोका बोकेर मन्त्रीसमक्ष पुग्ने गरेका छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरु भन्छन् अहिले पनि स्वास्थ्य क्षेत्रमा महिलाको नेतृत्व पचाउन पुरुष कर्मचारीलाई सकस छ । महिलाको नेतृत्व स्वीकार्नु पर्दा निकै हिक्क हिक्क हुने गरेका छन् । त्यसैले सचिव समेत महिला कर्मचारीको पक्षमा छैनन् ।
पुर्व स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती पनि यो विषय ज्यादै पेचिलो भएको बताउँछन् । अहिलेका तन्नेरी मन्त्रीले यसलाई सुधार गरेर अगाडि बढ्नेमा उनको अपेक्षा छ । जति सफल भए पनि महिलाको नेतृत्व देखेर पुरुषहरु खिसिट्युरी गर्छन् । संस्था संचालन गर्ने विषय आधुनिक व्यवस्थापकिय सिद्धान्तमा कुन ठिक भन्दा पनि कुन दक्षताले चलाउँछ भनेर हेर्ने हो । पुरुषमा जस्तो कमसल काम महिलामा हुदैन, उनिहरुमा पक्कै सुशासन कायम हुन्छ । विभिन्न अध्ययन अनुसन्धानले पनि पुरुषको तुलनामा महिलाले नेतृत्व गरेका निकायमा सुशासन कायम भएको देखिएको छ उप्रेती भन्छन् ।
पुर्व सचिव उप्रेतीका अनुसार महिलाहरुले आफ्नो जिम्मेवारी बोध गरेर काम गर्छन । यसलाई मन्त्रीले कति गहिराईमा रहेर बोध गर्नु भएको छ त्यसमा निर्भर हुने हो । उप्रेती भन्छन्, माथिल्लो तहमा पुगेपछि पुरुषले महिलाको नेतृत्व सहज स्वीकार गर्नुपर्ने हो तर, हेप्ने, थिच्नेकाम अझै रोकिएको हैन । विश्वासको वातावरण बनाउने भन्दा पनि अविश्वासको वातावरण सृजना गर्ने परिपाटीको विकास भएको छ, त्यो आफ्नो पदका लागि गरिएको हो उप्रेतीले भने ।
अब्बल महिलाका केही कुरा
डा. रुणा झा कोरोना महामारीको समयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको नेतृत्व सम्हालेर बसेकी कर्मचारी हुन् । पुरुषहरुमा भागदौड चल्दा पनि एउटा महिलाले कुशलतापूर्वक जिम्मेवारी बहन गरेकी अब्बल महिला कर्मचारी हुन् । यही कारण उनले राष्ट्रिय अन्तर्राष्ट्रिय ‘अवार्ड’ समेत जितिसकेकी छन् । तर, अहिले असक्षम र जुनियर पुरुषलाई प्रयोगशालाको चाबी दिएर खरानी बनाउने काम भएको छ अधिकारीहरू भन्छन् ।
कोशी प्रदेशको तत्कालीन स्वास्थ्य सचिव डा. सुधा देवकोटा थिइन् । उनले कोशी प्रदेशमा डाक्टर त्यसमा पनि महिलाले सचिव चलाउँन सक्छन् भन्ने गलत सोचलाई ‘बुजो’ लगाइन् । उनको नियुक्तिमा खिसिट्युरी गर्नेहरु पुरुषले भन्दा अब्बल काम गरेपछि जिब्रो टोक्दै हिँड्न थालेका छन् ।
हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको नर्सिङ प्रमुख रोशनी लक्ष्मी तुईतुई छन् । उनले ०७५ देखि ०७८ सम्म नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको नेतृत्व गरेकी थिईन् । तुईतुईले महाशाखको नेतृत्व सम्हाल्दा शुन्य बेरुजुमा संस्थालाई राखेको त्यहाँका अधिकारीहरू बताउँछन् । शून्य बेरुजु बनाउने कर्मचारी देशमा सिला खोज्नु पर्छ, स्वास्थ्यमा सायद उनी मात्रै हुन सक्छीन ।
नर्सिङ् तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा कुमारी निरौलाले पनि उल्लेख्य काम गरेकी छन् । अधिकारीहरू भन्छन् कर्मचारी वृत्तमा उनको व्यवहार केही सुधार गर्नुपर्ने देखिन्छ । बोली व्यवहारमा केही परिवर्तन गर्नुपर्ने बाहेक कामको हिसाबले महाशाखा विवाद रहित छ ।
त्यस्तै नर्सिङ् तथा सामाजिक सुरक्षा महाशाखाको जेरेयाट्रिक शाखाको नेतृत्व कविता अर्यालले गरेकी छन् । डा प्याकुरेलका अनुसार निरौला र अर्याल काम गर्न सक्ने क्षमता भएका कर्मचारी हुन् । यता कम्युनिटी नर्सिङ प्रशासक सर्मिला पौडेल पनि उदयमान कर्मचारी हु्न् प्याकुरेल भन्छन् । उनले सम्हालेका शाखाले उल्लेख्य प्रगति हासिल गरेको छ । तर, कम्युनिटी नर्सिङ भएकै कारण धेरै पेलिनु परेको पिडा पनि उनिहरुमा छ । महाशाखाका कर्मचारीहरुले बताए अनुसार अर्याल र पौडेल पनि आफ्नो काम प्रति पूर्ण बफादार छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति योजना शाखामा सकुन्तला प्रजापती, स्वास्थ्य शिक्षा सूचना तथा स सञ्चार केन्द्रमा शिला श्रेष्ठ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा डा पोमावती थापा, आयुर्वेद व्यवस्था विभागमा डा. जया सत्याल, वीर अस्पताल नर्सिङ प्रमुख संगिता श्रेष्ठ, लुम्बिनी प्रदेशमा दुर्गा श्रेष्ठले स्वास्थ्य क्षेत्रको बागडोर सम्हालेका छन् ।
महिलाको नेतृत्व कस्तो
कोरोना भाइरस कोभिड १९ लाई परास्त गर्न घर परिवार नभनी जनताको सेवामा खटिएकी एक कर्मठ सिपाही डा. संगिता मिश्रा हुन् । कोभिड सुरु हुदा उनी पूर्वको कोशी अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट थिइन् । भारतसँग सीमा जोडिएका कारण पनि कोशी प्रदेश महामारीमा बढी जोखिम थियो । कोही कर्मचारी सेवामा जाँन मानेका थिएनन् । तर, डा. मिश्राले कोभिडसँगको प्रत्यक्ष फाइटबाटै सयौं बिरामी बचाइन् ।
कोभिडको सुरुवाती चरण भएकाले आम मानिसमा त्रास थियो । जमातीहरूलाई कोरोना पोजेटिभ आयो भने उनीहरूको समुदायमाथि विभिन्न प्रकारका लान्छना आउन सक्छन् । समाजमा मुस्लिमहरूलाई गाह्रो पनि हुन सक्छ । मुस्लिम समुदायका अगुवाहरूलाई बोलाएर सहयोग मागिन् ।
समाजको शान्ति–सुरक्षाको विषयमा चिन्तित भएर पहल गर्नु पर्ने जिम्मेवारी कोरोनाविरूद्ध लडिरहेका अस्पताल प्रमुखको नभएर प्रहरीको हो । तर, डा मिश्राले एउटा जिम्मेवार चिकित्सक भएर समाजको शान्ति सुव्यवस्था कायम राख्न भूमिका खेलिन् ।
देशभरका निजी देखि सरकारी अस्पतालले गेट बन्द गरेर बस्दा अरू बिरामीका लागि पनि अस्पताल खुलै राख्ने निर्णय डा मिश्राले गरिन् । डा संगीता परिस्थिति अनुसारको जोखिम लिन सक्ने साहसिक महिला हुन् । परोपकार प्रसुती गृहको निर्देशक हुदा मिल्क वैंकको योजना ल्याएर सुरु गरिन । यसले नेपालमा सकारात्मक सन्देश दिएको छ ।
स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा हुदा दातृ निकायको हस्तक्षेप नियन्त्रण गरिन । स्वास्थ्य सेवा विभागको महानिर्देशक हुदा खरिदलाई पारदर्शी बनाईन् । उपकरणको मनपरी वितरणमा पारदर्शी बनाउँन तीन पक्ष बीचको सहमती र बिरामीको अनुपातका आधारमा मात्रै वितरण गर्ने व्यवस्था मिलाईन । वर्षौ देखि राजनीतिक आडामा माफियासँग सेटिङ गरेर बसेका कर्मचारीको सरुवा गरिन ।
कोरोना भाइरस (कोभिड१९)को नियन्त्रणमा अग्रस्थानमा रहेर देशभरका प्रयोगशालाको नेतृत्वदायी भूमिका सफलता पूर्वका निभाउने महिला हुन् डा. रुणा झा । कोभिडमा काम गर्ने उत्कृष्ट ५ महिलामध्ये नेपालबाट डा. झा पनि परेकी थिइन् । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले कोरोना भाइरस नियन्त्रणका अग्रस्थानमा रहेर काम गरिरहेको ५ महिलाको सूचीमा डा. झालाई राखेको थियो ।
झाले nphl लाई iso १५१८९ मान्यता दिलाइन । जुन सरकारी प्रयाेगशालामा मात्र सफल छ । nphl को सेवामा डिजिटलाइजेशन गरिन अहिले लगभग कागजविहीन सेवा संचालन छ ।
प्रयोगशालाकाे वर्गीकरण र ल्याबको स्तरमा सुधार गराइन् । जटिल परिक्षण पनि एनपिएचएलमा गर्न थालेपछि आउटसाेर्सिङ हदसम्म कम भएको छ, तर पुर्णरुपमा राेकिएकाे भने छैन ।
विगतमा भन्दा अहिले सेवा लिनेकाे संख्या बढेको छ । यसले एनपीएचएलमा विश्वास बढाउने र राजस्वमा तीव्र वृद्धि गरेको छ । प्रत्येक प्रदेशमा सरकारी स्वामित्वको ब्लड बैंक स्थापना गर्ने नीतिगत निर्णय गरिन् ।
उनको नेतृत्वदायी भुमिकाको कुनै कोणबाट प्रशंसा गरेपनि कम हुन्छ । तर, यस्ता कर्मचारीलाई जिम्मेवार बिहीन बनाएर जुनीयरलाई नेतृत्व दिएको छ ।
स्वास्थ्य सेवाको नवौं तहबाट सरकारी सेवा प्रवेश गरेकी यशोदा अर्याल कर्मशिल कर्मचारी हुन् । उनले स्वास्थ्य क्षेत्रमा इमानदार कर्मचारीको परिचय दिएकी छन् । स्वास्थ्य मन्त्रालयको अन्तराष्ट्रिय विकास समन्वय शाखामा रहेर उनले कोभिड–१९ महामारीका बेला उत्कृष्ट काम गरिन् ।
कोभिडको चपेटासँगै पढाइलाई अगाडी बढाएकी उनले महामारीकै समयमा ११ औं तह अर्थात् सहसचिवमा नाम निकालिन् । पुरुषबादी सोच भएको स्वास्थ्य मन्त्रालय त्यसमा पनि अन्तर्राष्ट्रिय सहयोग समन्वय शाखामा कोभिड–१९ को समयमा काम गर्नु उनका लागि निकै चुनौतीपूर्ण थियो । तर, उनले इमानदारिताका साथ कार्यन्वयन गर्न भूमिका खेलिन् । भलै अहिले भने उनलाई कामको जिम्मेवारी दिएको छैन ।
रोशनी लक्ष्मी तुईतुई नर्सिङ क्षेत्रमा निकै अब्बल सहसचिवका रुपमा परिचित छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट सह सचिव भएपछि स्वास्थ्य मन्त्रालय पुगेकी उनले स्वास्थ्य मन्त्रालयको ओएनएम गर्दा नर्सिङ क्षेत्रको दरबन्दी र एउटा महाशाखा स्थापना गराउँन सफल भइन् । त्यस समय उनलाई मन्त्रालयमा रहेका दुई नर्स कविता अर्याल र अमृता पहाडीले काँद थापेका थिए ।
नर्सिङ महाशाखा किन चाहियो भनेर पटकपटक प्रश्न गर्ने मन्त्रालयका पुरुषहरुलाई तर्कले घुडा टेकाएर तुइतुइले एउटा नयाँ महाशाखा स्थापना गराउन सफल भइन् । उनी स्टेट फर्वाड छन् । नहुने कुरा हुदैन भनेर तुरुन्त भन्न सक्ने कर्मचारी हो । उसलाई हाकिम वा मन्त्री रिसाउलाकी भनेर नराम्रो काम पनि गर्नुपर्छ भन्ने छैन । ठेट नेवारी भएकाले केही भाषामा फरक पर्न सक्ला त्यो ठुलो विषय हैन । उच्च पदमा काम गर्न उनी योग्य व्यक्ति हुन् ।
नर्सिङ क्षेत्रको नीतिगत व्यवस्थामा सुधार र स्थापित गराउन ठूलो भूमिका कविता अर्यालको पनि रहेको छ । कम्युनिटि नर्सिङ लाई स्थापित गराउनदेखि ९ तहसम्म दरबन्दी बनाउन अर्यालले ठूलो लडाइँ लडेकी छिन् । अहिले मन्त्रालय वा विभागको राम्रो महाशाखामा जिम्मेवारी दिनुपर्ने व्यक्ति अस्पतालमा बस्नु परेको छ । अस्पताल बस्नु पर्ने व्यक्ति महाशाखामा छन् ।
डा. राधिका थपलिया स्वास्थ्य सेवाको एघारौं तह सहसचिव हुन् । सरकारले कर्मचारी समायोजन ऐन, २०७५ लाई टेकेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव डा. थपलियालाई कर्णाली प्रदेश सुर्खेतको तालिम केन्द्र पठाएको थियो । तर, अहिले उनलाई संघमा ल्याइसकेको छ ।
स्वास्थ्य बिमा बोर्ड, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रमा छोटो समय मात्रै काम गर्न पाइन् । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक रहँदा संगठनको अस्थायी संरचना बनाउने देखि मन्त्रालयलाई समेत अटेर गर्दै आएको त्रिवि शिक्षण अस्पताललाई बिमामा आवद्ध गराउने काम उनैले गराइन् । उनले स्वास्थ्य शिक्षालाई प्रवद्र्धनात्मक रुपमा अगाडि बढाउने योजना समेत बनाएकी थिइन् । हाल डा थपलिया कोशी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्ती भएकी छन् । उनी स्वास्थ्य क्षेत्रमा अब्बल कर्मचारी हुन् ।
सुधा देवकोटा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विभिन्न महाशाखा, केन्द्रहरुको नेतृत्व गरि अनुभव बटुलिसकेकी छन् । त्यती मात्र हैन उनी कोशी प्रदेशको स्वास्थ्य सचिव समेत भइन् । प्रदेशमा लोक सेवा आयोग भटाभट खुलाउनु उनको सफलता हो । उनले सचिव भएर कसरी काम गर्नुपर्छ भन्ने कुराको सन्देश संघलाई समेत दिएकी छन् । तर, अहिले नेतृत्व बिहीन छन् ।
विगतका महानिर्देशकको जस्तो अहिले विवाद छैन । महानिर्देशकहरु विगतमा डेटिङ, सेटिङ र भेटिङमा जाने गरेको सुन्नमा आउथ्यो । महिलाले नेतृत्व गरेपछि त्यो कुरा सुनिएको छैन । अल्लारे भएकाले अलि छुचो स्वभाव संगीतामा छ । मन परे पर्छ नपरे अलि च्वास्स भन्ने बानी छ । एउटा महानिर्देशक भए पछि अहिवे सम्मलाई पनि माया गरेर बोल्नुपर्छ । काम गर्दा नियम, कानुन, कार्यविधिहरु पछ्याउने सुशासन कायम गराउने पक्षमा अन्य महानिर्देशकको अनुपातमा अहिले धेरै फरक छ ।
महिलाको नेतृत्वले सुशासन कायम
यो विषय पेचिलो छ । मेरो समयमा महिलाको नेतृत्वमा सस्था धेरै थिएनन् । तर, संस्था संचालन गर्ने विषय आधुनिक व्यवस्थापकिय सिद्धान्तमा कुन ठिंक भन्दा पनि कुन दक्षताले चलाउँछ भनेर हेर्ने । जसले राम्रो गर्छ । सरुवा रोगमा हाडर्जोनीको चिकित्सक ल्याएर राख्दा कार्यसम्पादन राम्रो हुदैन । पुरुषमा जस्तो कमसल महिलामा हुदैन उनिहरुले नेतृत्व गर्दा सुशासन कायम पक्कै हुन्छ । अन्यन्त्रका उदाहरणले पनि त्यही भन्छ ।
जिम्मेवारी बोध गरेर काम गर्छन महिलाले । यसलाई कति गहिराईमा रहेर मन्त्रीले बोध गर्नु भएको छ भन्ने हो । ४० वर्षको अनुभवले कुन तह, पदको कर्मचारी भन्दा पनि उसले आफ्नो जिम्मेवारीको बोध कसरी गरेको छ, समाज प्रति कति जिम्मेवार छ भन्ने हो ।
उपल्लो तहमा हेप्ने प्रवृत्ति नहुनुपर्ने तर भएको छैन भन्न सक्दिन । महिला नेतृत्वलाई पुरुषले खिसिट्युरी गर्छन् । विश्वासको वातावरण बनाउने भन्दा पनि अविश्वासको वातावरण सृजना गर्ने परिपाटीको विकास भएको छ, त्यो आफ्नो पदका लागि गरिएको हो ।
महिला नेतृत्व पारदर्शी र सरकार प्रती बढी जिम्मेवार
महिलाहरुले जहाँ जहाँ नेतृत्व गरेका छन् म धेरै खुसी छु । उहाँहरुको मेहनत र नेतृत्व सम्मान योग्य छ । उनिहरुको नेतृत्व पुरुषको अनुपातमा कमाण्डिङ देखिन्छ । कसरी सुशासन कायम गराउन सकिन्छ भन्ने सोचमा अध्ययनसील पनि हुन्छन् ।
घटनाक्रमले पुरुषको अनुपातमा महिलाहरुले नेतृत्व गरेका ठाउँमा सुशासन कायम भएका छन् । उनिहरु कसैको लोभ लालचमा पर्दैनन् । महिला कर्मचारी काममा पारदर्शी र सरकार प्रती बढी जिम्मेवार हुने गर्छन् ।
मैले रुकमिणी चरण श्रेष्ठ, विजया केसी लगायत धेरै महिलाको नेतृत्व हेरे त्यस्तो नेतृत्व पुरुषमा छैन । उनिहरु सधै स्वास्थ्य सेवामा कटिबद्ध छन् जुन अहिलेको महानिर्देशक र शाखा, महाशाखा प्रमुखले देखाएका छन् ।
सुशासन कायम गराउने अब्बल महिला कर्मचारीहरु हुन्
महिला नेतृत्व स्वास्थ्यमा सुशासन मैत्री छ । डा संगीता मिश्रा, यसोधा अर्याल, हिरा कुमारी निरौला, कबिता अर्याल, रोशनी देवी तुइतुई, डा रुणा झा, सर्मिला पौडेल, पोमा थापाको कार्य शैली र योग्यतालाई आत्मसाथ गर्दै मन्त्री पौडेल अगाडि बढे सफलता चुम्ने छन् । मेरो नजरमा यी सुशासन कायम गराउने अब्बल महिला कर्मचारीहरु हुन् ।
विगतका महानिर्देशकको जस्तो अहिले विवाद छैन । महानिर्देशकहरु विगतमा डेटिङ, सेटिङ र भेटिङमा जाने गरेको सुन्नमा आउथ्यो । महिलाले नेतृत्व गरेपछि त्यो कुरा सुनिएको छैन । अल्लारे भएकाले अलि छुचो स्वभाव संगीतामा छ । मन परे पर्छ नपरे अलि च्वास्स भन्ने बानी छ । एउटा महानिर्देशक भए पछि अहेव सम्मलाई पनि माया गरेर बोल्नुपर्छ । काम गर्दा नियम, कानुन, कार्यविधिहरु पछ्याउने सुशासन कायम गराउने पक्षमा अन्य महानिर्देशकको अनुपातमा अहिले धेरै फरक छ ।
यसोधा अर्याल सँग मैले लामो समय काम गरेको छु । अरुले सोचेको भन्दा बढी क्षमता र योग्यता भएको महिला कर्मचारी हो । यसोधालाई राम्रो जिम्मेवारी दिएर मन्त्रीले काम लगाएको खण्डमा पुरुषबाट भन्दा बढी नतिजा निकाल्न सक्छन् । त्यस्तै कविता, समिर्ला नर्सिङ क्षेत्रमा धेरै क्षमता भएको व्यक्ति हो । यस्ता व्यक्तिलाई ग्रुम वर्क गराएर माथिल्लो तहमा लगि काम गर्नुपर्छ ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##mohp nepal
तपाईको प्रतिक्रिया दिनुहोस