दिउँसो ४ बजेसम्म नदी किनारको सडकबाट यात्रा नगर्न अनुरोध


काठमाडौं । दिउँसो ४ बजेसम्म नदी किनारको सडकबाट यात्रा नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुरोध गरेको छ।  प्राधिकरणले अति उच्च सतर्कता अपनाउन समेत भनेको छ।

‘हाल काठमाडौ उपत्यकाको बागमती र यसका सहायक नदीहरू बिष्णुमती, धोवीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु लगायत अन्य सवै साना नदीमा जलसतह सतर्कता तह माथी रहेको र केहीमा खतरा सम्म पुगेको र बढ्दो रहेकाले उपत्यकाको नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले आज दिउँसो ४ बजे सम्म अति उच्च सतर्कता अपनाउन हुन तथा नदी किनारको सडकबाट यात्रा नगर्न हुन अनुरोध छ ।’, प्राधिकरणले भनेको छ।

अहिले बाढीका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलाहरूले खतराको तह पार गरिसकेका छन्।

 

क्याटेगोरी : विविध

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ