योगमाया आयुर्वेद विश्वविद्यालयको अध्यक्षमा डा. अर्जुनकुमार कार्की


काठमाडौं । डा. अर्जुनकुमार कार्की योगमाया आयुर्वेद विश्वविद्यालयको अध्यक्ष बनेका छन्। मंगलबार शिक्षा, विज्ञान तथा प्रबिधि मंत्रालय सिंहदरबारमा भएको योगमाया आयुर्वेद विश्वविद्यालयको पहिलो परिषद बैठकले उनलाई विश्वविद्यालको अध्यक्ष पदमा निर्वाचित गरेको हो।

अमेरिकाका लागि राजदूतको समेत जिम्मेवारी सम्हालिसकेका डा. कार्कीले योगमाया आयुर्वेद विश्वविद्यालयको नेतृत्व लिँदा विश्वविद्यालयको विकास र विस्तारमा थप योगदान पुग्ने विश्वास लिइएको छ। निस्वार्थ भावले समाजसेवामा लाग्ने उनले योगमाया आयुर्वेद विश्वविद्यालयलाई थप उचाईंमा पुऱ्याउने विश्वास लिइएको हो।

ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) नामक संस्थाको कार्यकारी अध्यक्ष रहेर पूर्वी पहाडी तथा हिमाली जिल्लामा महत्त्वपूर्ण योगदान पुऱ्याएका डा. कार्कीलाई भोजपुरमा जन्मिएकी योगमायाको नाममा खुलेको आयुर्वेद विश्वविद्यालयको नेतृत्व गर्ने अवसर मिलेको छ। उनको नेतृत्वमा योगमाया आयुर्वेद विश्वविद्यालयले छिट्टै गति लिने आशा, भरोसा र अपेक्षा राखिएको छ। त्यसका लागि आवश्यक तयारी समेत सुरू भएको देखिन्छ।

‘आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा भएको योगमाया आयुर्वेद विश्वविद्यालयको पहिलो परिषद बैठकले मलाई विश्वबिध्यालयको अध्यक्ष पदमा निर्बाचित गरेको छ। आदरणीय विश्वविद्यालय परिषद् सदस्यज्यूहरू, मन्त्रीज्यू, सचिवज्यू, मंत्रालयका अधिकारीहरू र लामो समयदेखि मलाई विश्वविद्यालयको नेतृत्व लिन सुझाब, सल्लाह र दबाबसम्म दिनु हुने आदरणीय संखुवासभावासी दाजुभाई, दिदीबहिनी तथा अरूण उपत्यकावासी मित्रहरूलाई धन्यबाद ।’, योगमाया आयुर्वेद विश्वविद्यालय अध्यक्ष भएपछि डा. कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। उनले योगमाया आयुर्वेद विश्वविद्यालयलाई छिट्टै गति दिने संकेत देखाएका हुन्।

योगमाया आयुर्वेद विश्वविद्यालय त्यो क्षेत्रमा लानका लागि इतिहासविद् डा. रमेश ढुंगेल, पूर्वसचिव सूर्यप्रसाद गौतमलगायतका व्यक्तिहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। त्यस्तो पवित्र संस्थाको नेतृत्व समाजसेवी एवं बौद्धिक व्यक्तित्व डा. कार्कीले गर्नुले सुनमा सुगन्ध थपिएको टिप्पणी हुन थालेको हो।योगमाया आयुर्वेद विश्वविद्यालय आयुर्वेद पढ्नेका लागि नयाँ हब बन्न सक्छ। उक्त विश्वविद्यालय अरुण उपत्यकाको मुहार फेर्ने सम्भावना देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. अर्जुनकुमार कार्की, #योगमाया आयुर्वेद विश्वविद्यालय अध्यक्ष

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ