सेभ द चिल्ड्रेनद्वारा साढे तीन करोडको लागतमा निर्मित भवन हस्तान्तरण


हेटौंडा । सेभ द चिल्ड्रेनले करिब साढे तीन कराेडकाे लागतमा निर्माण गरेको स्वास्थ्य सामग्री भण्डारण गर्ने भवन बाग्मती प्रदेश सरकारलाई हस्तान्तरण भएकाे छ । ग्लोबल फण्डकाे अनुदान रकम अन्तर्गत नवनिर्मित अत्याधुनिक स्वास्थ्य सामग्री भण्डारण भवन औपचारिकरूपमा हेटौंडामा हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री किरण थापा मगरले भनेुु , “प्रदेशस्तरको स्वास्थ्य प्रणाली सुदृढ गर्न सेभ द चिल्ड्रेन र ग्लोबल फण्डको महत्वपूर्ण भूमिका रहेको छ । यस नवनिर्मित भवन विविध प्रकारका औषधि तथा चिकित्सीय सामग्रीहरू उचित तवरले भण्डारण गर्न निकै उपयोगी हुनेछ, जसले विशेषगरी स्वास्थ्य सेवाबाट बञ्चित सर्वसाधरणको औषधीसम्बन्धी आवश्यकतालाई सम्बोधन गर्नेछ ।”

नवनिर्मित भवन ४७० वर्ग.मि. मा फैलिएको छ । यस भवन अपाङ्गता–मैत्री, सीसीटीभी जडित, फायर अलार्म प्रणालीयुक्त, टेलिफोन तथा इन्टरनेट नेटवर्क र चौबिसै घण्टा सौर्य उर्जा ब्याकअप सुविधासम्पन्न छ ।

सेभ द चिल्ड्रेन, नेपाल तथा भुटान कन्ट्री अफिसको राष्ट्रिय निर्देशक तारा क्षेत्रीले स्वास्थ्य सामग्री भण्डारण भवनले स्वास्थ्य सेवा आपूर्तिलाई सुदृढ बनाउनुका साथै आवश्यक औषधिहरूको आपूर्ति र मागको व्यवस्थापनमा सहयोग पुर्याउँने बताइन् ।

त्यस्तै, यसले क्षयरोग, औलो रोग, र एचआईभीसम्बन्धी स्वास्थ्य सेवाहरू र औषधिहरूको पहुँच बढाउँन र अस्पताल र फार्मेसीहरूबीचको समन्वयलाई सुधार गर्न मद्दत गर्नेछ क्षेत्रीले भनिन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ