कलेराको ब्याक्टेरिया ५० जनामा देखियो, डेँगुका कारण दुई जनाको मृत्यु


काठमाडौँ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार देशभर कलेराका ५० जना बिरामी पुगेका छन् । सबै भन्दा बढी ललितपुरमा ३८, काठमाडौंमा २, कैलालीमा ८ र प्युठानमा २ जनामा कलेराको ब्याक्टेरिया देखिएको छ । तथ्याङ्क अनुसार एक जनाको पनि कलेराका कारण मृत्यु भएको छैन । सोमबार मात्रै पनि ललितपुरमा ७ र काठमाडौंमा २ जना बिरामी फेला परेका थिए । 

त्यस्तै देशभर ३३ सय ३९ जना डेँगुका बिरामी पुगेका छन् । डेँगुका कारण दुई जनाको मृत्यु भएको छ । ७३ जिल्लामा केस देखिएको छ । सरकारले ५ सय भन्दा बढी केस देखिएकाले ललितपुरलाई रेड जोनमा राखेको छ ।  रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले सचेत हुन सबैमा अपिल गरेका छन् । 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ