डा. विजयप्रसाद मिश्रसहित ७ जना कानुन विषयको प्राध्यापकमा सिफारिस


काठमाडौं । डा. विजयप्रसाद मिश्रसहित ७ जना त्रिभुवन विश्वविद्यालय अन्तर्गत कानुन विषयको प्राध्यापक बन्न सफल भएका छन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयको सूचना अनुसार डा. मिश्रसहित ७ जना कानुन विषयको प्राध्यापक पदमा पदोन्नतिका लागि सिफारिस भएका हुन्। डा. मिश्र नेपाल बार एसोसिएसनका पूर्वमहासचिव समेत हुन्।

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट २०८१ वैशाख १ गते प्रकाशित विज्ञापन अनुसार अन्तर्वार्ताका माध्यमबाट ७ जनालाई प्राध्यापकका पदोन्नतिका लागि सिफारिस गरिएको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले डा. मिश्रसहित डा. कृष्णप्रसाद बस्याल, डा. दिननाथ पराजुली, डा. विनोद वश्याल, डा. सुरेशकुमार ढुंगाना, डा. ज्ञानेश्वर पराजुली र डा. विवेककुमार पौडेललाई प्राध्यापकमा पदोन्नतिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। उनीहरू आन्तरिक प्रतियोगिताबाट प्राध्यापकमा पदोन्नतिका लागि सिफारिस गरिएको आयोगको सूचनामा उल्लेख छ।

खुला प्रतियोगिताको दुई जना प्राध्यापकमा भने न्यूनतम अङ्क प्राप्त गर्न नसकेकाले नियुक्तिका लागि सिफारिस नगरिएको त्रिभुवन विश्वविद्यालय सेवा आयोगले जनाएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. दिननाथ पराजुली, #डा. विजयप्रसाद मिश्र

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ