स्वास्थ्यको विषयगत समितिमा ललितपुरका मेयर महर्जन मनोनित


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिमा ललितपुर महानगरपालिका चिरिबाबु महर्जन मनोनित भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले महर्जनलाई विषयगत समितिमा मनोनित गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलले प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ दफा २२ (१) ‘ग’ बमोजिम ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालयअन्तर्गतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनित गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मेयर महर्जनले मनोनित गरेकाे पत्र समेत बुझिसकेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ