उपसचिव ढकाल र पंगेनी स्वास्थ्य मन्त्रालयमा भित्रिए


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासन तर्फका दुई उपसचिव भित्रिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका ईश्वरीप्रसाद ढकाल र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत हरि पंगेनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भित्रिएका हुन्। ढकाल प्रमुख जिल्ला अधिकारी समेत भइसकेका अनुभवी उपसचिव हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव सुरेशराज जोशी  भने स्वास्थ्य मन्त्रालयबाट बाहिरिएका छन्। जोशीको सरुवा गृह मन्त्रालयमा भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विनोद कुमार दाहाल विद्युतीय सुशासन आयोग पुगेका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव विजय शर्मा र वन तथा वातावरण मन्त्रालयकी रत्नेश शशि पुगेका हुन्। त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीता शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कै फणिन्द्रप्रसाद पौडेल पनि रक्षा मन्त्रालय पुगेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव हेम राजभुसाल राष्ट्रिय महिला आयोग र राष्ट्रिय महिला आयोगका उपसचिव माधवराज मरासिनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा साटफेर भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कृष्णप्रसाद चापागाईँ गृह मन्त्रालय सरुवा भएका हुन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवहरू छविलाल पौडेल गृह मन्त्रालय, रामहरी पाण्डेको राष्ट्रिय योजना आयोग, र रविन ढकाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #ईश्वरीप्रसाद ढकाल उपसचिव, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #हरि पंगेनी उपसचिव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ