‘डब्बल कोटा’मा परेकी परराष्ट्र सचिव सेवा लम्साल बेल्जियम पुग्ने भइन्


काठमाडौं । एक वर्षभित्रै दुईपटक आरक्षण महिला ‘कोटा’ प्रयोग गरेर परराष्ट्र सचिव बन्न सफल सेवा लम्साल बेल्जियमको आवासीय नेपाली राजदूतको नियुक्तिका लागि सिफारिस भएकी छिन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बेल्जियमको आवासीय नेपाली राजदूतको नियुक्तिका लागि सिफारिस गरेको हो। युरोपेली संघ समेत हेर्ने बेल्जियमको राजदूतका लागि लम्साल सिफारिस भएकी हुन्।

अब परराष्ट्र मन्त्रालय मार्फत संसदीय सुनुवाईका लागि लम्साललाई बेल्जियमको आवासीय नेपाली राजदूतको नियुक्तिका लागि सिफारिस गरेको पत्र पठाउने काम हुन्छ। संसदीय सुनुवाई विशेष समितिबाट उनको नाम अनुमोदन भएपछि सम्बन्धित देशमा ‘एग्रिमो’का लागि परराष्ट्र मन्त्रालयले पत्राचार गर्छ। ‘एग्रिमो’ प्राप्त भएपछि उनलाई राष्ट्रपतिले राजदूतमा नियुक्ति गर्ने प्रचलन रहँदै आएको छ।

अघिल्लो ‘लट’मा डेढ दर्जन देशमा आवासीय नेपाली राजदूतको नियुक्तिका लागि सिफारिस गर्दा परराष्ट्र सचिव लम्सालको पनि नाम थियो। सिफारिसमा तल परिने भएकाले ‘ग्रुप’मा सिफारिस हुन् उनले इच्छा देखाइनन्। त्यसपछि उनको नाम काटिएको हो। अहिले फेरि उनको नाम राजदूतका लागि एकल सिफारिस भएको छ। अब अमृतबहादुर राई परराष्ट्र सचिव बन्नेछन्।

प्रशासन तर्फको शाखा अधिकृत हुँदै २०६७ वैशाखमा महिला कोटाबाट परराष्ट्रको उपसचिव बनेकी लम्साल त्यसै त्यहिँ उक्त कोटा प्रयोग गरेर परराष्ट्रको सहसचिव भएकी थिइन् । दुईपटक कोटा प्रयोग गरेकी सेवाले तीनपटक ‘कोटा’ प्रयोग गरेका गहेन्द्र राजभण्डारीलाई विस्थापित गर्ने भएकी छिन्। ‘डब्बल’ कोटावाला सेवा ‘सिंगल’ सिफारिसमा बेल्जियमको राजदूत बन्ने भएकी हुन्। तब्बर कोटाका राजभण्डारी अबको तीन महिनापछि बेल्जियमबाटनेपाल फर्किसक्नु पर्ने छ।

अझै एक वर्ष सचिव हुने अवधि बाँकी छदै लम्साल राजदूतको रूपमा बेल्जियम जाने भएकी छिन्। सहसचिव हुँदा पाकिस्तानको राजदूत बनेकी लम्साल सचिव भएपछि बेल्जियममा पुगेकी हुन्। परराष्ट्र सचिव भइसकेका व्यक्तिहरु संयुक्त राष्ट्रसंघको स्थायी नियोग न्युयोर्क जाने प्रचलन रहँदै आएको थियो।  परराष्ट्र सचिव भएका भरतराज पौड्याल क्यानडा पुगे भने लम्साल बेल्जियमतिर लागिन्। यसले क्रमशः परराष्ट्र सचिवहरूको ‘भ्यालु’ घट्दै गएको देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #आरक्षण, #गेहेन्द्र राजभण्डारी बेल्जियम राजदूत, #परराष्ट्र सचिव सेवा लम्साल, #भरतराज पौड्याल, #सेवा लम्साल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ