४ जना सहसचिव परराष्ट्र पुगे, कलकत्तामा आचार्यको सम्भावना


काठमाडौं । सरकारले प्रशासन सेवाका ४ जना सहसचिवलाई मन्त्रालय पठाएको छ। महावाणिज्यदूत बनाउने हिसाबले विन्देश्वर लेखक, झक्कप्रसाद आचार्य, लक्ष्मीप्रसाद निरौला र भरत खनाल खनाललाई परराष्ट्र मन्त्रालय पठाएको हो।

गृह मन्त्रालयबाट परराष्ट्र मन्त्रालय सरुवा भएका झक्कप्रसाद आचार्य कलकत्ता महावाणिज्यदूत बन्ने सम्भावना छ । त्यो ठाउँमा जानका लागि विन्देश्वर लेखकको पनि उत्तिकै जोडबल रहेको स्रोतले बतायो। कोलकत्ताको महावाणिज्यदूत खाली छ। बेइजिङ र ग्वान्जाओ पनि खाली छ। हङकङ र ल्हासा खाली हुने चरणमा छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट परराष्ट्र सरुवा भएका सहसचिव लक्ष्मीप्रसाद निरौलाले पनि रोजेको ठाउँ पाउने प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

कलकत्ताको महावाणिज्यदूत बन्नका लागि परराष्ट्र मन्त्रालय गएका नवराज ढुंगाना भने सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सुरुवा भएका छन्। त्यस्तै ग्वान्जाओ महावाणिज्यदूत हुन परराष्ट्र मन्त्रालय पुगेका नारायणप्रसाद भट्ट राष्ट्रिय सतर्कता केन्द्र फिर्ता गएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ