विद्यालयमा राजनीतिक हस्तक्षेप रोक्न तात्यो काठमाडौं महानगर


काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा राजनीतिक गतिविधि रोक्न महानगर तातेको छ।

दलका झण्डा बोकेर विद्यालय छिर्ने समूहलाई रोक्ने उद्देश्यले महानगरले तयारी थालेको छ। विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयलाई दलगत राजनीतिक तथ अन्य  हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले कानुन कार्यान्वयनमा रहेको महानगरले प्रस्ट पारेको छ ।

विद्यालयमा अनधिकृतहरू व्यक्ति प्रवेश गरी सिकाई क्रियाकलापमा असर गरे/गराएको जानकारी आएको भन्दै महानगरले कारबाही गर्ने चेतावनी दिएको छ । अनधिकृत व्यक्ति/ समूहहरुलाई विद्यालय परिसरभित्र प्रवेश नदिन र स्वच्छ वातावारणमा अध्ययन/अध्यापन कार्य सूचारु गर्न समेत महानगरले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

अनधिकृत व्यक्ति  तथा समूहले बलपूर्वक प्रवेश गर्न प्रयास गरेमा त्यस्ता कार्यलाई रोक्न महानगरपालिकाको सहजीकरण आवश्यक देखिए महानगर प्रहरी बलका प्रहरी उपरीक्षक विष्णु जोशी (सम्पर्क नं. ९८५१०६८५२३)लाई सम्पर्क गर्न समेत काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ