‘कियू र धुलिखेल अस्पताल आपसी विवादले ओरालो यात्रा उन्मुख’


काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल आपसी विवादले ओरालो यात्रा उन्मुख रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल मार्फत उक्त विषय उजागर गरेका हुन्।

काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल एक अर्कोको सहयोग विना दुबै अधुरा भएको पूर्वमन्त्री बाँस्कोटाको दाबी छ। संस्थागत सम्झौता करिव भंग गरिएकोले व्यवस्थापन र गुणस्तर नराम्रो असर पर्दै गएको उनको भनाइ छ। काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको विवादमा सरकारले तत्काल सार्थक र सकारात्मक कदम चालोस् भन्ने त्यो क्षेत्रका प्रतिनिधि सभा सदस्य समेत रहेका बाँस्कोटाको आग्रह रहेको छ।

‘देशकै दुई राम्रा संस्थाको पहिचान बनाएका काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पताल आपसी विवाददले ओरालो यात्रा उन्मुख छन्।एक अर्कोको सहयोग विना दुबै अधुरा छन्। संस्थागत सम्झौता करिव भंग गरिएकोले व्यवस्थापन र गुणस्तर नराम्रो असर पर्दै छन।सरकारले तत्काल सार्थक र सकारात्मक कदम चालोस्।’, पूर्वमन्त्री बाँस्कोटाले लेखेका छन्।

काठमाडौं विश्वविद्यालय उपकुलपति भोला थापा र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ मकाजु श्रेष्ठबीच जुंगाको लडाइँले गर्दा दुई संस्थाबीचको सम्बन्ध ‘सीतयुद्ध’ जस्तो रहेको चर्चा चल्दै आएको छ। थापा र मकाजुले एक अर्काको अस्तित्व नस्वीकार्दा यस्तो अवस्था आएको जानकारहरू बताउँछन्। धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. मकाजुले अस्पताललाई काठमाडौं विश्वविद्यालयबाट अलग बनाउने अभियानमा लागेको आरोप लाग्दै आएको छ। यसैबीच पूर्वमन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत उक्त तथ्यलाई थप उजागर गरेका छन्।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : #डा. रामकण्ठ माकाजु, #धुलिखेल अस्पताल, #भोला थापा केयू भिसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ