भूकम्प प्रभावित सानिभेरी रूकुमकाे विद्यालयमा विद्यार्थी परिषद्द्वारा शैक्षिक सामग्री वितरण


रूकुम । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले रुकुम पश्चिम सानिभेरी गाउँपालिका मेघा वलिवाङ्ग स्थित श्री सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

भदौ ५ गते विद्यार्थी परिषद्काे टिमले गत कार्तिकमा गएको विनाशकारी भूकम्पबाट प्रभावित विद्यालय सानिभेरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूकाे शैक्षिक विकासमा टेवा पुर्‍याउने उदेश्यले उक्त शैक्षिक सामग्री वितरण गरिएको परिषद्ले जनाएको छ । परिषद्ले विद्यार्थीहरूलाई प्रत्यक विद्यार्थीहरूलाई एक थान झाेला, ५ पिस कापि, पेन, ज्यामिति बकस, विद्याल्यलाई शब्दको, अङ्ग्रेजी प्राज्ञिक बाेलिचालि पुस्तक लगायतका शैक्षिक सामग्रीहरू वितरण गरेको हो।

वितरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष जितबहादुर बुढा ,विद्यालयका प्रधानाध्यापक नरेन्द्रप्रकाश ओली, लुम्बिनी प्रदेश सचिव मनिष बन्जाडे, लुम्बिनी प्रदेश सहव्यवस्था प्रमुख गणेश जैशीलगायत विभिन्न सामाजिक व्यक्तिहरूकाे विशेष उपस्थिति रहेको प्रदेश सचिव मानिष बन्जाडेले जानकारी दिए।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ