भक्तपुर र वीपी क्यान्सर अस्पतालमा सम्भव नहुने ल्याब परीक्षण ‘एनपीएचएल’ टेकुबाट गरिने


काठमाडौं । भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) टेकुबाट हुने भएको छ। भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसँग उक्त सम्झौता गरेका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र सचिव डा. रोशन पोखरेलको उपस्थितिमा बुधबार स्वास्थ्य मन्त्रालयमा दुबै पक्षबीच उक्त सम्झौता भएको हो।

भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सम्भव नहुने ल्याब परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट गराउने प्रबन्ध गर्न आज मन्त्रालयमा दुवै पक्षबीच सम्झौता गरेकाे स्वास्थ्यमन्त्री पौडेलले जानकारी दिए।

‘अब भएका सबै सरकारी क्यान्सर अस्पतालबाट यस्तो सुविधा मिल्नेछ । साथै, ती अस्पतालहरूका ल्याबको स्तरोन्नतिका लागि समेत प्रयोगशालाले सघाउनेछ । यस कार्यसँगै नागरिकको क्यान्सर परीक्षणका लागि हुने झन्झट र खर्च केही कम हुने विश्वास गरेका छौँ।’, स्वास्थ्य मन्त्री पौडेलले भने।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ