इटहरी इप्पी ल्याण्डका सञ्चालक शाह बँदेल मार्दा समातिए


काठमाडौं । इटहरीको इप्पी ल्याण्डका सञ्चालक समेत रहेका पूर्वडिआईजी ज्ञानविक्रम शाह बँदेल मार्दा समातिएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदह योगीनायाँ कोशी पलार क्षेत्रबाट उनीसहितको टोलीलाई बुधबार पक्राउ गरेको हो। शाहको ग्रुप चोरीशिकारी मुद्दामा बुधबार नै समातिएका बिहीबार मात्र घटना सार्वजनिक भएको हो।

स्कार्पियो गाडीमा बँदेल राखेरको अवस्थामा पूर्वडिआईजी शाह, बहालवाला सई सञ्जय न्यौपानेसहितलाई प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौं महानगरपालिका वडा नम्बर ३१ भिमसेनगोला स्थायी ठेगाना भएका शाह हाल इटहरीमा बस्दै आएका छन्। पूर्वको चर्चित इप्पी ल्याण्डका सञ्चालक समेत रहेका उनी बँदेल काण्डमा परेका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #इप्पी ल्याण्ड इटहरी, #ज्ञानबिक्रम शाह, #बँदेल काण्ड

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ