डेढ वर्ष पनि नचलाउने चौथो नम्बरका अर्याल बने मुख्यसचिव


काठमाडौं। मुलुकको २८ औं मुख्यसचिव एकनारायण अर्याल बनेका छन्। मन्त्रिपरिषद्को बैठकले अर्याललाई बनाउने निर्णय गरेको हो। महिलाबाट पहिलो मुख्यसचिव बनेर ‘रेकर्ड’ बनाएकी लिलादेवी गड्तौलाले ५८ वर्षे उमेर हदका कारण शुक्रबारदेखि अनिवार्य अवकाश पाउने भएपछि अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले चौथो नम्बरका अर्याललाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। असार १५ गतेदेखि लागू हुने गरी उनलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय भएको हो।

२०२४ साल मंसिरमा जन्मिएका अर्याल प्रचलित कानुन अनुसार डेढ वर्ष पनि मुख्यसचिव बन्न पाउने छैनन्। वरिष्ठ सचिवहरू तोयनारायण ज्ञवाली, रामकृष्ण सुवेदी र दिनेश भट्टराईलाई पन्छ्याउँदै अर्याललाई मुख्यसचिव बनाइएको हो। यसले निजामती प्रशासनमा र कर्मचारीतन्त्रमा वेथिति निम्तीने देखिन्छ।

मुख्यसचिवका लागि राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सचिव अर्जुनप्रसाद पोखरेल प्रतिस्पर्धामा थिए। अन्ततः मुख्यसचिवमा अर्यालले बाजी मारेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ