चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी
काठमाडौं। चलचित्र विकास बोर्डको अध्यक्ष दिनेश डिसी नियुक्त भएका छन्। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डिसीलाई चलचत्रि विकास बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि डिसीसँगै राजेश थापा र दीपा पाण्डेको नाम पनि सिफारिस भएको थियो। मन्त्रिपरिषद्को बैठकले डिसीलाई बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको हो।
भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष रिक्त थियो। अब उक्त जिम्मेवारी डिसीले सम्हाल्ने भएका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस